विकास र समृद्धिसँगै तारकेश्वर नगरपालीकाको विगत, वर्तमान र भविश्य

926

काठमाण्डौ उपत्यकाको उत्तरी पश्चिमी भेगमा अवस्थित यो नगरपालिकामा विशेषगरी साविकका मनमैजु, गोलढुगा, धर्मस्थली, काभ्रेस्थली, जितपुरफेदी तथा फुटुग गा.वि.स.लाई समायोजन गरिएको छ ।

खिमराज गिरी

यो नगरपालिकाको उत्तर पुर्वी भेगमा नुवाकोट नजिकै डाँडाको विचौ भागमा तारकेश्वर महादेवको मन्दिर अवस्थित भएकोले यिनै मन्दिरको नाममा उक्त नगरपालीकाको नामाकरण गरिएको हो । विभिन्न जात जातीहरुको वसोवास रहेको यो नगरपालीका सामाजिक, धार्मिक तथा आर्थिकरुपमा अन्य नगरपालिका भन्दा पृथक देखिन्छ । उपत्यकाको माछापोखरी, बाइपास, शेषमती पुल, जरखुपुल हुदै चिसापानीबाट नुवाकोट जाने एकातिरको सडकमार्ग सधै व्यस्त रहन्छ भने अर्कोतिर काभ्रेस्थली हुदै तीनपिप्लेबाट सिधै तारकेश्वर महादेव मन्दिरसम्म जोडिने भएकोले पनि यसले धार्मिक तथा साँस्कृतिक महत्व बोकेको छ । विगतको इतिहासलाई केलाउने हो भने यस नगरपालिका अन्तर्गत रहेका माथि उल्लेखित गा.वि.स.हरुमा मनमैजु वाहेक अन्य गा.वि.स.मा खासै बाक्लो बस्तीहरु पनि थिएनन् र बाटो, सडक सञ्जालले पनि त्यति छोएको थिएन । मानिसहरुको रहन सहन, खान पान, सामाजिक सद्भाव आदि कुराहरुमा स्वच्छ गाउँले जन जीवनमा आधारित थियो र जागिरको सिलसिलामा शहरतिरको व्यस्तता कतिपय परिवारमा हुँदा हुँदै पनि प्रायः मानिसहरु कृषिमा नै निर्भर हुने गर्दथे किनकी काठमाण्डौ उपत्यका भन्दा वाहिरका मानिसहरुको चाप यस नगरपालिकामा त्यति थिएन जति काठमाण्डौ उपत्यकाको अन्य ठाउँहरुमा थियो । एक आपसमा सामाजिक सद्भाव कायम राख्दै कृषि पेशा, पशुपालन, केहि मात्रामा व्यपार व्यवशाय गर्न रुचाउने यहाँका मानिसहरुको दिनचर्या प्रायः यसरी नै वित्ने गर्दथ्यो । विगत पन्ध्र वीस वर्ष यता यो नगरपालिकामा खेति योग्य जमीनलाई घर वस्तीका टहरा र ठूला ठूला गगनचुम्वी भवन निर्माण गर्ने टकरावका कारण जग्गाको अव्यबस्थित प्लटिंगहरु शुरु हुन थाल्यो त्यसपछि काठमाण्डौ उपत्यका भन्दा बाहिरका मानिसहरुले पनि जग्गा किनवेच गरी स्थाइरुपमा वस्ती वस्न थाले र कुनै समय स्याल र प्mयाउरा कराउने मनमैजुका डाँडा पाखा अनि गोलढुँगा र काभ्रेस्थलीका पाखा पखेराहरुमा आज गगनचुम्वी भवनहरु वनेर मानव बस्तीको चाप बढ्दै गएको छ र जहाँ मानव बस्तीको चाप बढ्छ त्यहाँ विकासले पनि केहि निकास पाउँछ भन्ने तथ्यलाई नकार्न सकिन्न किनकी अब्यवस्थितरुपमा खडा गरिएका भवनहरु भएता पनि बाइपासदेखि सिधै फुटुंग र उत्तरी भेग हुँदै चिसापानी र तारकेश्वर महादेव मन्दिर जोडने शाखा सडकहरुले केहि मात्रामा यातायातको सुविधा पनि महशुस भयो र दैनिक जागिर तथा व्यापार व्यबसाय गर्ने मानिसहरु जो कोहिलाई पनि केहि मात्रामा तड्पी तड्पी भने पनि यात्रा गर्ने मौका मिल्यो ।

यस्तै सामाजिक परिवेससँगै देसमा राजनैतिक स्थायित्व नभइराखेको अवस्थामा गत वर्षको बैशाख र जेठमा स्थानीय तहको चुनावको घोषणा भयो र सोहिनुरुप यस नगरपालिका र अन्तर्गत रहेका विभिन्न वडाहरुमा पनि जनताले जनप्रतिनिधिहरु पाए र बल्ल सुशाासनको प्रत्याभूतिको अनुभूति गर्न पाइने आशा आम जनतामा पलायो । यो स्वभाविकै पनि थियो किनकी विगतको इतिहास हेर्ने हो भने करिव अठार विस वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधिविहीनरुपमा शासन संचालन केवल कर्मचारीको भरमा हुँदा कतिपय दैनिक प्रशासनको काम कारवाहीदेखि लिएर अन्य विभिन्न दैनिक जनताको जनजीवनसँग सम्बन्धित कामहरुमा जनताले कति सास्ती भोग्न पर्यो ती कुराहरु त तपाई हामी सवलाई थाह नै छ । हाल आएर देस राजनैतिकरुपमा नयाँ बाटोमा प्रवेस गरेको छ । आम जनता र विभिन्न राजनैतिक पार्टीहरुको समाज रुपान्तरणको लागि त्याग र वलिदानले गर्दा देसमा सामाजिक, आर्थिक, साँस्कृतिक तथा धार्मिक परिवर्तन भएता पनि राजनैतिक स्थायित्व नभएसम्म विकासको गतिमा देसलाई अगाडि बढाउन धेरै कठीन हुने भएकोले कम्सेकम देसमा तीन तहको चुनाव सम्पन्न भएको छ र देसले वर्तमान अवस्थामा केहि वर्षको लागि स्थायी सरकार पाएको अवस्था छ । यसैनुरुप सन्दर्भ फेरि जोडौ तारकेश्वर नगरपालीका र स्थानीय तहको चुनावको ।

देसमा स्थानीय तहको चुनाव भएको पनि एक वर्ष भइसकेछ र यस अवधिमा यहाँका जनप्रतिनिधहरु, वुद्धिजिवीहरु, समाजसेवी लगाएतका समाजमा प्रतिष्ठित सवै व्यक्तिहरुको साझा प्रयासनुरुप यस नगरपालिकामा के कस्ता विकासका कामहरु भए र हुदैछन् भन्ने कुराहरु पनि जनताको जिज्ञासाको विषय बनेको छ । यस सन्दर्भमा हामीले जनप्रतिनिधि पाएको पनि एक वर्ष भइसक्यो र यस नगरपालिकामा विकासको कामलाई मूल्याँकन गर्ने हो भने जन प्रतिनिधिहरु निर्वाचित भएको करिव छ महिना जति त प्रशासनिक काम कारवाहि, कर्मचारीहरुको समायोजन, कार्यालय भवन निर्माण, आप्mना काम, कर्तव्य र अधिकारवारे अध्ययन गर्ने र पहिला लागू भए गरेका साना तिना विकासे योजनाहरुलाई सम्पन्न गर्नेतिर नै वढि समय व्यतित भएको अनुभूति जनताले गरेका छन् र तत्पश्चात् गत छ महिना यता आएर जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुको चासो वढि यस नगरपालिका भित्र रहेका विग्रेका र भत्केका सडक सञ्जालतिर गएको देखिन्छ तर वाइपासदेखि लामवगरको बाटो भई चिसापानी र काभ्रेस्थली हुँदै तारकेश्वर महादेवको मन्दिरतिर जाने सडक मार्गको विग्रदो अवस्थाले गर्दा जनताको चासो बढि यी सडक निर्माणतिर हुनु अस्वभाविक होइन ।

तै पनि वर्तमान अवस्थामा विकासका अन्य पुर्वाधारहरु जस्तै खानेपानि, घर घरमा विजुली, सडकमा वत्ति आदि कामहरु भईरहेको हुनाले अहिले वढि महत्व दिनुपर्ने कामहरुमा सडक विस्तार, मर्मत तथा पिच भएकोले तारकेश्वर नगरपालिका अन्तर्गतका विभिन्न सडकहरु निर्माण गर्ने सम्बन्धमा केहि सडकमा नगरस्तरीय योजनाहरु, केहिमा सडक विभागले जिम्मा लिई सम्झौता भइसकेको पाइयो र महत्वपूर्ण कुरा त नगरपालिकाको पहलमा EAP Project   अन्तर्गत टोखा, काभ्रेस्थली, जीतपुरफेदी, गोलढुंगा जाने बाटोको जि.पि.आर तयार पार्ने कामको लागि केन्द्रिय योजना अन्तर्गत पर्ने गरी पहल गरिएको तर प्राविधिक कारणले काम शुरु नभएको पाइयो र खास गरी अहिले नगरपालिका अन्तर्गतका विशेष व्यस्त सडककोरुपमा रहि आएको बाइपासदेखि काभ्रेस्थली र जीतपुरफेदी जोडिएको सडक बनाउने काममा सडक विभागबाट ठेक्का सम्झौता भईसेकेको तर ठाँउ ठाँउमा ढल पनि राख्नुपर्ने भएकोले सो कामको लागि बाग्मती सभ्यताले जिम्मा लिएको हुनाले यी दुवै काम सँगसगै शुरु गर्नुपर्ने भएकोले केहि समय ढिला भएको र नगरपालिकाका सम्बन्धित विज्ञहरुसँग जिज्ञासा राख्दा अवको एक डेढ महिनामा काम शुरु हुने कुरा जानकारीमा आएकोले आशा छ लामवगरको सडकको मुहार पनि चाँडै नै फेरिने छ र आम जनताले सहजरुपमा यातायातको सुविधा र सडक सञ्जालको प्रयोग गर्न पाउनेछन् ।

समग्रमा के देखिन्छ भने हामीले स्थानीय सरकार पाएको पनि करिव एक वर्ष भइसकेछ र सायद विभिन्न प्राविधिक कारणले होला विकासको काममा अझ जति लक्ष्य हाँसिल गर्नुपर्ने हो त्यो यहाँ मात्र नभइकन देसका हरेक स्थानहरुमा तदारुकताकासाथ विकासको गति अगाडि वढेको पाइएको छैन । हुनसक्छ शुरु शुरुमा केहि प्राविधिक कठीनाईहरु पनि अल्झनकोरुपमा आइपरेका होलान तर अव त प्रत्येक स्थानीय तहका जनप्रतिनिधिहरुले यो कुराको मनन गर्नु जरुरी देखिन्छ । यसरी के देखिन्छ भने तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले आप्mनो क्षमतानुसार यस नगरपालिका अन्तर्गतका जनताको दैनिक सरोकार रहने कुराहरुदेखि लिएर आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक लगाएत हरेक क्षेत्रमा सहजता अप्नाउने कोशिस गरेको पाइएको छ र यसमा जनता आभारी पनि छन् तर यति हुँदा हुँदै पनि जनप्रतिनिधिहरुले निम्न कुराहरुमा अझ बढि ध्यान पुर्याउने हो भने यस नगरपालिकाको भविश्य उज्जवल हुने कुरामा दुई मत हुने थिएन ः

१. पाँच वर्षको समय भनेको पुतलीले काँचुली फेर्ने समय जस्तो भएकोले दैनिक सभा, गोष्ठी, उद्घाटन्, समापनका हरेक कामहरुलाई प्राथामिकतामा राख्नु भन्दा बढि समय जनताका गुनासा र विकासे कामहरुमा दिँदा उपयुक्त हुने देखिन्छ ।
२. आफु कुन राजनीतिक ग्राउण्डबाट परिक्षा दिई पास भएर आएको हो, त्यो ठाउँलाई झट्ट नविर्सि फेरि पनि म त्यहि ठाउँमा परिक्षा दिन जानुपर्दछ भन्ने सम्झि कम्सेकम वडाका जनप्रतिनिधिहरु कम्तिमा पनि महिनाको एक पटक प्रत्येक टोल सुधार समितिमा पुगि जनतासँग प्रत्यक्ष भलाकुसारी गर्ने ता कि समस्याहरु के कस्ता छन् अवगत होस् ।
३. प्रत्येक वडाहरु अन्तर्गत रहेका टोल सुधार समितिलाई सक्रिय गराई नगरपालिका या वडास्तरीय आर्थिक, सामाजिक, धार्मिक तथा अन्य कामहरुमा पनि प्रत्येक टोल सुधार समितिका अध्यक्ष या सचिवहरुलाई उपस्थित गराउने हो भने विकासको हरेक कामको लागि पारदर्सिता र हरेक टोल टोल र कुना कुनामा भए गरेका प्रगतिवारे जानकारी हुने गर्दछ ।
४. तारकेश्वर नगरपालिका काठमाण्डौबाट बाहिर जिल्ला नुवाकोट र रसुवा जाने टन्जीट विन्दु भएकोले पनि विकासको पहिलो पुर्वाधारकोरुपमा रहेको सडक सञ्जाललाई समयमा नै सुधार गरी उपत्यकाको नमूना नगरपालिका वनाउने हो भने यसको आर्थिक पाटो मजवुत बनाउनको लागि धार्मिक तथा साँस्कृतिक पहिचानलाई टेवा दिई पर्यटकीय क्षेत्रकोरुपमा पनि विकास गर्न सकिन्छ । यसको लागि पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
५. यातायातको व्यबस्थामा पनि सुधार गर्नुपर्ने देखिन्छ किनकी दैनिक जसो कार्यालयमा काम गर्ने कर्मचारीहरु हुन् या घरायसी या व्यक्तिगत कामको लागि शहर आवत जावत गर्ने यात्रुहरुको लागि यहाँको यात्रा ज्यादै कठीन छ त्यसैले केन्द्रिय सरकारले यातायातको सिन्डिकेट खारेज गरी जुन सह्रानिय काम गरेको छ त्यसैलाई मध्यनजर राखि यात्रुहरुको लागि यात्रा सहज बनाउनतिर पहल गर्नुपर्ने देखिन्छ ।

६. यो नगरपालिका अन्तर्गत रहेका केहि संवेदनसिल ठाउँहरु र घर बस्तीहरुमा समेत दिन दहाडै चोरी, डकैती, लुट पाटका घटनाहरु पनि हुने गरेकोले सम्बन्धित सुरक्षा निकायसँग नगरपालिकाले समन्वय गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने तड्कारो आवश्यकता देखिन्छ ।
७. हिँउद महिनामा खानेपानीको केहि समस्या हुने भएकोले खानेपानी संस्थानको कार्यालयसँग समन्वय गरी खानेपानीको समान वितरण गर्नुपर्ने आवश्यकता देखिन्छ किनकी जुन व्यक्ति या टोलहरुमा पौच बढि छ ती ठाउँहरुमा खानेपानी वितरण सहज हुने अन्यत्र ठाउँहरुमा खानेपानी वितरणमा मनोमानी हुने गरेको जस्ता कुराहरु जनताको गुनासोकोरुपमा आएको छ ।
८. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नुको साथै केहि नीजि विद्यालयहरुले विद्यार्थी भर्ना शुल्क लगाएत महिनावारी शुल्क पनि अत्यधिक मात्रामा वढाएको गुनासो आम जनमानसमा गुन्जिएकोले सो सम्बन्धमा नगरपालिकाले सम्बन्धित निकाएको ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ र उच्च शिक्षाको लागि सदैव बागवजार, या पुतलीसडक आदि ठाउँहरु ताक्नुपर्ने बाध्यता त एकातिर छँदैछ भने अर्कोतिर यहाँदेखि सम्बन्धित कलेजसम्म जाँदा यातातातको असहजताले समयको वरवाद हुने र न दिनको गासको ठेगान अनि न रातको वासको । यसको साथै नागरिक बिरामी पर्दा सिटामल खान पनि बागवजार या महाराजगञ्ज पुग्नु पर्ने वाध्यता सम्झि कम्सेकम एउटा गतिलो सामुदायिक अस्पत्ताल स्थापना गर्न सक्यो भने स्वास्थ्यसँग सम्बन्धित शहरमुखि अवधारणा हट्थ्यो कि । ९. सडक बत्तिको व्यबस्था भएको खण्डमा कम्सेकम रातमा हिड्डुल गर्ने बटुवाको लागि सहज हुने थियो ।
९.मनमैजु, गोलढुंगा र धर्मस्थलीको संगम विन्दुकोरुपमा चिनिदै आएको लामवगर पेटेल पम्प नजिकै महादेव खोलामा एक पक्की पुलको व्यबस्था भयो भने यी साविकका तीन गा.वि.स.मा आवत जावतको लागि सो भेगका जनताले सहजता महशुस गर्ने थिए ।
१०. रोजगारीमुलक तालिमको व्यबस्थाको साथै खासगरी घरेलु रोजगारको लागि केहि उत्पादनसील बस्तुहरुको पहिचान गर्नुपर्ने ।

यसरी स्थानिय तहका सम्पूर्ण पदाधिकारीहरुले प्रत्यक्षरुपमा जनतासँग सग्लग्न भई विभिन्न समयमा विभिन्न वडा अन्तर्गत रहेका टोलसुधार समितिमार्फत जनतासँग सरोकार रहने दैनिक आवश्यकताका विषयदेखि लिएर विकासको काम जस्तै बाटो, खानेपानी, ढल निकास, सार्वजनिक जग्गाको संरक्षण गरी उपयोगन्मुख बनाउने, संचार क्षेत्रमा विकास, सार्वजनिक ठाउँहरुमा फ्रि वाई फाइको सुविधा, तारकेश्वर नगरपालिकाको लागि अति असहज अवस्था भएको र जनतालाई प्रत्यक्ष अप्ठ्यारो भएका धेरै कुराहरुमध्य सार्वजनिक यातायातमा भएको कठीनाईलाई मध्यनजर राख्ने र कुनैपनि बाटा तथा सार्वजनिक सरोकारका विषयमा टेण्डर राख्दा यस प्रणालीमा सुधार ल्याउने, जसले गर्दा तोकिएको काम परिपूर्ण र पक्का होस्, कार्यालयमा जनताको सहजताको लागि हेल्प डेक्सको ब्यबस्था आदि इत्यादी कुराहरु सर्व साधारण जनतासँग प्रत्यक्ष सरोकार रहने हुनाले निर्वाचित जनप्रतिनिधिहरुले विशेष चासोकोरुपमा माथि उल्लेखित कुराहरुलाई ध्यान पुर्याउने हो भने आगामी चुनावको लागि पनि निर्विवादरुपमा जनताले जनताको लागि काम गरेका उम्मेद्धवारहरुलाई नै स्थानिय सरकारको प्रतिनिधि पात्रकोरुपमा अवश्य पनि छान्ने कुरामा कसैको दुई मत हुन सक्दैन ।

तसर्थ तारकेश्वर नगरपालिकाले समयमा नै यस नगरको विकासको सम्भावनालई पहिचान गरी भ्रष्टाचार मुक्त तारकेश्वर नगरपालिको परिचय दिँदै आर्थिकरुपमा सहजीकरण गर्नको लागि धार्मिक तथा पर्यटकीय क्षेत्रकोरुपमा पनि विकास गर्न सकियो भने पक्कै पनि आगामी दिनहरुमा यो नगरपालिका उपत्यकाको एक नमूना नगरपालिकाकोरुपमा परिचित हुन समय नलाग्ला र ‘‘ गरे काम असम्भव के छ र ‘‘ भन्ने युक्तिलाई पनि सर्वस्व स्वीकारी, जनताको हितको लागि असल कार्य गर्दै जाने प्रेरणा हाम्रा जनप्रतिनिधिहरुलाइ मिलोस् भन्ने कामना गर्दछु । जय ! तारकेश्वर नगरपालिका ।