तारकेश्वरका प्रशासकीय अधिकृतसँग रमाईलो पाठशालाका विद्यार्थीले रमाईरमाई सोधे

641
रमाईलो पाठशाला तारकेश्वर–८, जरंखुका विद्यार्थीहरु तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत सुर्दशन खनालसँग नगरपालिकाको समग्र विकासको बारेमा आफनो जिज्ञासा राख्दै ।

रमाईलो पाठशाला तारकेश्वर–८, जरंखुका विद्यार्थीहरुले तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत सुर्दशन खनालसँग रमाई रमाई नगरपालिकाको समग्र विकासको बारेमा आफनो जिज्ञासा राखेका छन् ।

रमाईलो पाठशालाका भाईस प्रिनिसपल मधु सापकोटाका अनुसार फिल्ड भिजिट अन्र्तगत कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई नगरपालिककाको कार्यालयले के–कस्तो काम गर्छ भन्ने जानकारी गराउँनको लागि सो कार्यक्रम तय गरिएको हो । सापकोटाले थप्दै भने, “हामीले यसलाई आन्तरिक शैक्षिक भ्रमण समेत मानेका छौ।”

रमाईलो पाठशालाका विद्यार्थीहरुले तारकेश्वर नगरपालिकाले बालबालिकाहरुको लागि केकस्तो काम गर्दै आएको छ र बालबालिका सम्बन्धी आगामी दिनमा के कस्तो योजना ल्याउदै हुनुहुन्छ भन्ने जिज्ञासामा प्रशासकीय अधिकृत सुर्दशन खनाले भन्नुभयो, “बालबालिकाको वृद्धि विकासका लागि प्रत्येक वडा कार्यालयमा वजेट विनियोजन हुर्दै आएकोछ । हामीले वडालाई जिम्मा दिएका छौ ।”

विद्याथीहरुको अन्य जिज्ञासामा नगरपालिकाकामा बाटोको अवस्था नाजुक छ, कहिले बन्छ ? नगरपालिकामा कतिवटा विभाग र कर्मचारीहरु कार्यरत रहेका छन् ? तपाईको प्रशासन विभागले नगरपालिकाको विकासको लागि के कस्तो भुमिका निर्वाह गर्दछ ? तपाईलाई यो पदमा (प्रशासन अधिकृत) पुग्न कति वर्ष लाग्यो ? भन्ने जस्ता पचास भन्दा बढि जिज्ञासा राखिएको थियो ।