मानव अधिकार विषयक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यक्रममा सहभागी प्रमुख अतिथिका साथ अन्य अतिथिहरु

वर्तमान अवस्थामा मानव अधिकार विषयक वृहत अन्तरक्रिया कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार संगठन तारकेश्वर कार्य समितिद्धारा आयोजित सो कार्यक्रम तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिका वडा नं ६ अन्र्तगत जरंखु स्थित रहेको साझा पार्टी प्यालेसमा दिउँसो १ बजेबाट सञ्चालित सो कार्यक्रममा नामा हुन लागेको सो कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रि अध्यक्ष ईन्द्र बानिँया, नेपाली कांग्रेस तारकेश्वर नगर कार्य समितिका सभापति श्रीराम थापा, तारकेश्वर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, तारकेश्वर नगरपालिकाका सारोकारवाला निकायहरुका प्रमुख एव प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहोराले राज्यको नीति नियम उल्लघन नहुने गरि स्थानीय एवं नगरवासीहरुको व्यवहारिक हुने कुरा आयोजक संस्थाका सचिव एवं तारकेश्वर आवाजका सल्लाहकार विजय सापकोटाले बताए । कार्यक्रम भोली जेठ १७ गते विहिबार तारकेश्वर नगरपालिका वडा नं ६ अन्र्तगत जरंखु स्थित रहेको साझा पार्टी प्यालेसमकुरालाई ध्यानमा राखि नगरपालिकाले विकास निर्माणका कार्य गर्दै आएको बताए । उनले थप्दै भने तारकेश्वर नगरपालिकाले नगरबासीहरुको अधिकारको विषयलाई विशेष चासोका साथ हेदै आएको छ ।

यस्तै गरि नेपाली कांग्रेस तारकेश्वर नगर कार्य समितिका सभापति श्रीराम थापाले मानव भएर बाच्न पाउँने अधिकार नै मानव अधिकार हो र आफनो अधिकारको कुरा उठाउँदै गर्दा अरुको अधिकार पो हनन भएको छ कि भन्ने कुरालाई पनि विशेष रुपले हेर्नुपर्ने बताए । कार्यक्रममा मानव अधिकार र आयोजक संस्था प्रति उठान भएका जिज्ञासाको सम्बोधन गर्दै नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष ईन्द्र बानिँयाले समाजमा जसले नागरिकका साझा आवाज उठाउँछ त्यो नै मानव अधिकारवादी हो भन्ने बताए ।

सो अन्तरक्रिया कार्यक्रममा पुरानो गुहेश्वरी मा.वि.का प्रधानाध्यापक सुमनलाल मर्हजन, राजेन्द्र अर्याल, सुमन भट्ट र तारकेश्वर आवाजाका सम्पादक नन्द बहादुर ऐडीले मानव अधिकार सम्बन्धी आफनो जिज्ञासा राखेका थिए । दिउँसो १ बजे सुरु भएको सो कार्यक्रम आयोजक संस्थाका सचिव विजय सापकोटाले सञ्चालन गरेका हुन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here