
तारकेश्वर नगरपालिकाको लामबगर सडक खण्ड चर्चाको विषय बन्दै आएको छ । यो सडक खण्डको विभिन्न अवस्थाका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट हुने र सो पोष्टमा अनेक थरिका प्रतिक्रियाहरु आउँने गरेका छन् । हालको कच्ची सडकमा पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने भएकोले सडक छेउका चिया पसल, चोकका होटलहरुमा यो सडक र तारकेश्वरको स्थानीय सरकारका प्रतिनिधीलाई जोडेर विभिन्न बहस र विश्लेषण हुदैँ आएको छ ।
करीव ५३ करोडको वजेड सडक विभागले विनियोजन गरेता पनि टेण्डर आव्हान गर्दा एक करोड २९ लाखमा ठेकेदार कम्पनी सी.एस कन्ट्रक्शन कम्पनी, बानेश्वरले सम्झौता गरेको छ । दगुर्नेपानी देखि तारकेश्वर–२, काभे्रस्थलीको पिपलबाट सम्म निर्माण हुने भनिएको यो सडक खण्ड जरंखु देखि काभे्रस्थलीको पिपलबाुट सम्म पर्खाल निर्माणको कार्य लगभग सम्पन्न भईसकेको छ ।
शेषमती देखि जरंखु सम्म पर्खाल निर्माणका लागि सडकको मापदण्ड निर्धारणको लागि तारकेश्वर–८ का जनप्रतिनिधीहरुको रोहबरमा २ पटक सम्म मापदण्ड निर्धारणको कार्य भईसकेको छ ।
सडकको मापदण्ड निधारण गर्न खोज्दा सडक छेउका घरधनीहरुले २०२२ सालको नापीको कुरा उठाउँदै विवाद ल्याउँने गरेको जनप्रतिनिधी र प्राविधिकहरुको गुनासो रहेको छ ।
यो सडकखण्डका अधिकाशं घरहरु हालसावी समेत नभएकाले पनि विवाद हुन पुगेको छ । तारकेश्वर–८ कावडा सदस्य नारायण श्रेष्ठका अनुसार सडक छेउका घरधनीहरुले दायाँबायाँ कतै नकाटी बाटो फराकिलो पार भन्ने गरेको गुनासो व्यक्त गरे । लामबगर सडक खण्ड तीव्र गतिमा स्तर उन्नती हुनुप¥र्यो पनि भन्ने निर्माण गर्न खोज्दा मापदण्ड अनुसार दायाँबायाँ छोड्न नमान्ने स्थानीयबासीहरुको हलो अड्काएर गोरु चुट्ने प्रवृतिले गर्दा यो सडक खण्ड निर्माणमा ढिला हुदै आएको नगरपालिकाको गुनासो रहेको छ ।