आईपीएलको डेब्यु खेलमै सन्दिपको सानदार खेल प्रदर्शन, खेल भने बैंगलोरले जित्यो

45

आइपिएलमा डेब्यु गर्ने मौका पाएका सन्दीपले गतिलो प्रदर्शन गरे पनि दिल्ली डेयरडेबिल्सलाई जिताउन भने सकेनन् । गएराति भएको इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैगलोरले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।दिल्लीका लागि रिसभ पन्तले ३४ बलमा सर्वाधिक ६१ रन जोडे । त्यसैगरी नटआउट रहेका अभिषेक शर्माले १९ बलमा ४० रन जोडे । बैंगलोरका लागि युजभेन्द्र चाहलले सर्वाधिक २ विकेट लिएका थिए । तर,

१८२ रनको चुनौती पछ्याएको बैंगलोरले ६ बल बाँकी रहँदै जित दर्ता गराएको थियो । बैंगलोरका लागि नटआउट रहेका एबी डिभिलियर्सले ३७ बलमा ७२ रन बनाए । त्यसैगरी विराट कोहलीले ४० बलमा ७० रनको गतिलो पारी खेले । उनीहरूले तेस्रो विकेटका लागि सतकीय साझेदारी गरे । अन्य ब्याटसम्यान भने खासै टिक्न सकेनन् ।

दिल्लीका लागि सबैभन्दा बलियो र उत्कृष्ट बलिङ सन्दीप लामिछानेले गरे । उनले ४ ओभर बलिङ गर्दै केबल २५ रन मात्रै खर्चिएर बैंगलोरको एक विकेट लिए । सन्दीपले पार्थिप पटेललाई ८ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । त्यसैगरी बोल्टले ४ ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिन सफल भए ।