अर्थमन्त्री डा.खतिवडाले आज संसदमा प्रि–बजेट पेश गर्ने

आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.खतिवडाले प्रि–बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अर्थमन्त्री डा.खतिवडाले संघीयता कार्यान्वयन, पूर्वाधार क्षेत्रमा लगानी, दिगो विकास लक्ष्य प्राप्ती, पुनर्निर्माणसहितका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरिरहेका छन् । योसँगै बजेटमा केही यस्ता योजना पनि आउने सम्भावना छ, जुन सरकारको महत्वकांक्षासँग जोडिएका हुनेछन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here