प्रदेश नं ३ को नाम बाग्मती, राजधानी हेटौडा !

प्रदेश नम्बर ३ को प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय सर्वसम्मतले पारित गरेको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको बताए । प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबारको बैठकमा एक सय आठ जना मात्रै उपस्थित थिए ।
बैठकले राजधानी हेटौंडा राख्ने निर्णय पनि गरेको छ ।

हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको थियो । प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबार एक सय आठ सांसद उपस्थित थिए । धुलिखेल राजधानी राख्ने विवेकशीलको प्रस्ताव अस्वीकृत भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here