तारकेश्वर नगर प्याव्सनको प्रथम वार्षिक साधारण सभा, तारकेश्वर विद्याकुञ्जलाई ५० हजार सहयोग

निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) तारकेश्वर नगर कमिटीको प्रथम वार्षिक साधारण सभा भवय रुपमा सम्पन्न भएको छ ।

आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर–६ स्थित रिभर साईट रिर्सोटमा नगर प्यावशनका अध्यक्ष धन बहादुर पुनको सभापतित्व र प्याव्सन केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तारकेश्वर नगर प्याव्सनले वर्षभरि सञ्चालन गरेका शैक्षिक, समाजिक, सास्कृतिका साथै आर्थिक संकलन लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

तारकेश्वर नगर प्याव्सनले सञ्चालन गरेको खेलकुद प्रतियोगिता विभिन्न अतिरिक्त सास्कृतिक कार्यक्रमहरुको बारेमा सहभागी समपूर्णलाई जानकारी गरिएको थियो ।

कार्यक्रम शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी प्याव्सन केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाले समयको माग अनुसार संस्थागत विद्यालयहरु सञ्चालन गर्नुपर्ने बताए ।

बानियाले सरकार भन्दा एककदम अगाडी बढेर संस्थागत विद्यालयहरुले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमका विशेष अतिथी प्याव्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्याव्सन तारकेश्वर हरेक कुरामा सक्रिय रहेको बताए । कार्यक्रमका अतिथी तारकेश्वर नगरपालिकाका शिक्षा अधिभकारी होमनाथ न्यौपानेले नगरपालिकाले सञ्चालन गरेका हरेक शैक्षिक कार्यक्रममा प्याव्सनको रचनात्म सहियोगका साथौ सहभागीता रहेको बताए ।

प्याव्सन काठमाडौं जिल्ला सह सचिव एवं हिमरश्मी हाई स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले राज्यको शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयहरुको ठूलो भूमिका रहेता पनि राज्यले सामूदायिक र संस्थागत विद्यालयहरुबीच विभेदको नीति लिएको बताए ।

प्याव्सन तारकेश्वर अध्यक्ष धन पुनले तारकेश्वर नगर प्याव्सनलप्रिनिसपल अक्षयकोष स्थापना गर्न लागेको र सो कार्यको लागि सहयोग गर्न सदस्य विद्यालयहरुलाई अपिल समेत गरे ।

सो कार्यक्रममा तारकेश्वर नगर प्याव्सनका सचिव नवराज न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राम्रो प्याव्सन हाम्रो प्याव्सनको रुपमा प्याव्सनलाई स्थापित गर्नु गर्नका लागि सदस्य विद्यालयहरुबीच आपसमा निरन्तर सहकार्य गर्नुपर्ने बताए ।

तारकेश्वर प्याव्सनको सहकोषाध्यक्ष झनकराज शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरे भने सदस्य एवं नर्थ स्टार बोडिङ्ग स्कुलका प्रिन्सिपल राधाकृष्ण अर्यालले सवागत मन्तव्य दिएका थिए ।

तारकेश्वर नगर प्याव्सनको प्रथम वार्षिक साधारण सभाको अवसरमा तारकेश्वर विद्याकुञ्ज, तारकेश्वर–३ लाई प्याव्सन काठमाडौं जिल्ला कार्य समितीले ५० हजार रकम सहयोग गरेको छ ।

सो रकम गत ३ महिना अगाडी तारकेश्वर विद्याकुञ्जको बारदर्ली खसेर केहि विद्यार्थीहरु घाईते भएका थिए । विद्यालयको भौतिक क्षती भएकोले सहभानूभूती स्वरुप सो विद्यालयलाई सहयोग गरिएको हो ।

तारकेश्वर नगर प्याव्सनले पनि २५ हजार सहयोग गरिसकेको अध्यक्ष धनबहादुर पुनले बताए ।

तारकेश्वर नगर प्याव्सनको प्रथम वार्षिक साधारण सभामा प्याव्सन काठमाडौं जिल्ला कार्य समितीका सदस्य एवं कौशल सेकेण्डरी स्कुलका प्रिनिसपल शिव प्रसाद अर्याल, सिर्जना ज्ञानसगार माविका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाल, गिनीज पव्लिक स्कुलका रामकृष्ण अधिकारी, फेरील्याण्ड स्कुलका विष्णुचन्द्र अधिकारी लगायत तारकेश्वर प्याव्सनको सदस्य विद्यालयहरुको प्रमुख एवं प्रतिनिधीहरुको बाक्लाो सभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here