तारकेश्वर–६ मा बालीका बलात्कृत, बलत्कारी बालाजुको हिरासतमा !

तारकेश्वर नगरपालिका वडा नं ६ मा एक बालीका बलात्कृत भएकी छिन् । किस्पाङ–५ नुवाकोट घर भई हाल तारकेश्वर–६ मा बस्दै आएकी १५ वर्षिया बालीका बलात्कृत भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए । भीमेश्वर–६ दोलखा घरभई हाल तारकेश्वर–६ मा बस्दै आएका ४३ वर्षे रञ्जित थामीले बलत्कार गरेका हुन् । भान्जी भन्दै फुट्री र चाउचाउ दिएर ललाई फकाई बलात्कार गरेको थामीले अनुसन्धानको क्रममा बताएका छन् । गत कार्तिक ११ गते सो घटना भएको र हाल पिडितले उजुरी दिदा
महानगरीय प्रहरी बृत्त बालाजुका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरको नेतृत्वमा र निरीक्षक गम्भीरजंग थापा सहितको टोलीले बालीका बलत्कार गर्ने थामीलाई प्रक्राउ गरेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here