श्याम लामिछानेको कविता “बिछिप्त खुशी”

श्याम लामिछाने- तारकेश्वर–२, कार्भेस्थली, काठमाडौं
आजकाल
हालचाल
नसोध भो उस्को
उ आफ्नु मन रुवायर
मुहार हँसिलो बनाउने
कला सिक्दै छ ।
आफ्ना आँखाहरु चुवायर
उन्माद खुशीमा रमाएको अभिनयको चाल झिक्दै छ।
जिन्दगी अमुल्य हो भन्छन भन्नेहरु
उ बिना मूल्य सकिरहेछ जिवन
तातो पेटको लागि
घाँटी भिजाउँन
चिसो छेक्नको लागि खाडि सिलाँउन
जिजिबिषा भएर
पर्खिरहेछ भाग्य
पैँठोजोरी खेल्दै
दिन रात ।

यतिबेला उ
महल हेरेर मख्खिदै छ
झुपडी नै दरवार ठाँनेर फकिदै छ
एक सर्को सपना साँचेर
खोजी रहेछ जिवनको रहस्य
हत्केलाका ठेला भित्र
रहन को स्वाद दुखेर ।

यहाँ आफ्नु खुशिको लागि अरुलाई रुवाउनेहरु देखेको छ उस्ले
अरुको दुख देखेर गोहिका आँसु चुवाउनेहरु पनि भेटेको छ उस्ले
मात्र
कोहिनुर चम्किएको सपना देख्छ
अन्कुर निमोठिएको बिपना भोग्छ
पटक पटक
पटाक्षेप हुन्छ योजनाको
बिछिप्त भएर तुहिन्छ
जिन्दगिका नालिबेलीहरु ,
खण्डहर मन भित्र
हरबखत चल्छ भुइँचालो
जीवन र जगतको अर्थ बटुल्न
पर्खिरहेछ समय
धर्तिको धुलो भित्र
कोरेर एउटा चित्र
हाँसिरहेछ दुख
सबको सामु
दर्शाउदै खुशीहरु ।
——-*——

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here