तारकेश्वर–११ का जेष्ठनागरिकले पाए न्यायो कपडा !

तारकेशवर नगरपालिका वडा नं ११ ले वडा अन्र्तगत रहेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाबाट जेष्ठ नागरिक परिचय पत्र पाएका एक सय १० जना जेष्ठ नागरिकहरुलाई सो न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष विन्दा बुढाथोकीले बताउनुभयो ।

आज एक औपचारीक कार्यक्रमका वीच तारकेश्वर–११ को वडा कार्यालय प्राङ्गणमा सो न्यानो कपडा वितरण गरिएको हो । तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोल धितालको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक सम्मान तथा वडा स्तरीय समिती गठनको अवसरमा सो न्यानो कपडा वितरण गरिएको छ ।

जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरणका साथै खाजा समेत प्रदान गरिएको वडा सदस्य प्रजवल विक्रम थापाले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here