तारकेश्वर–११ मा जेष्ठ नागरिक समिति गठन !

तारकेश्वर नगरपालिका वडा नं ११ मा जेष्ठ नागरिक समिति गठन भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर ११ कावडाध्यक्ष विन्दा बुढाथोकीको सभापतित्व र तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालको पूमख आतिथ्यतामा सो समिती गठन भएको हो ।

सो कार्यक्रममा आफनो भनाई राख्दै उपमेयर भवानी डोटेल धितालले जेष्ठ नागरिकहरुको जीवन निर्वाहमा सहजीकरण गर्नका लागि समिती गठन गर्न आवश्यक रहेको र सो समिती मार्फत जेष्ठ नागरिकहरुको योजना लिएर नगरपालिकामा आउन्को लागि आग्रह गर्नुभयो ।

यस्तै गरि तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापाले जेष्ठ नागरिक सामाजिक गहना हुन् र हामी सबैले सामाजिक गहनाको सम्मानका साथै संरक्षण गर्न आवश्यक रहेको बताउँनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै तारकेश्वर–११ का वडाध्यक्ष्ग विन्दा बुढाथोकीले जेष्ठ नागरिकहरुको समस्या पहिचानका साथै समाधान गर्नको लागि वडामा जेष्ठ नागरिक समिति गर्न गरिएको बताउँनुभयो ।

वडा सदस्य प्रजवल विक्रम थापाले स्वागत मन्तव्य दिदै जेष्ठ नागरिकहरुलाई राज्यले प्रदान गर्दै आएको सेवा सुविधालाई थप व्यापक बनाउनको लागि वडामा समिति गठन गरिएकोृ बताउँनुभयो ।

यस्तै गरि अर्का वडा सदस्य निता खड्काले कार्यक्रम सञ्चालकको भूमिका निर्वाह गर्र्दै जेष्ठ नागरिकहरुमा भएको साझा समस्याको पहिचानका साथै सहजीकरण गर्नको लागि सो समिती वडा अन्र्तगत गठन गरिएको बताउँनु भयो ।

सो कार्यक्रममा समाजसेवी ढकलबरध्वज थापा, तारकेश्वर नगरपालिकाका महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सुमित्रा आचार्य, स्थानीय समाजसेवी बाबुकृष्ण केसी, बालकृष्ण ढुङ्गेल लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

तारकेश्वर–११ मा प्रकाश विक्रम थापाको नेतृत्वमा १५ सदस्यीय जेष्ठ नागरिक समिति गठन भएको छ । सो समितिमा निम्न व्यक्तिहरु पदाधिकारी तथा सदस्यमा निर्विरोध छनौट भएका छन् ।

१. प्रकाश विक्रम थापा–अध्यक्ष
२. बाला गुरुङ्ग–उपाध्यक्ष
३. मदन कृष्ण के.सी– सचिव
४. सिताराम थापा – कोषध्यक्ष
५. रघुनाथ उपाध्याय– सदस्य
६. ऋषिकेश घिमिरे – सदस्य
७. राधा थाप– सदस्य
८.राधा भट्टराई– सदस्य
९. गोपाल भूजेल – सदस्य
१०.धुर्व बहादुर भण्डारी– सदस्य
११. रामेश्वर नकर्मी – सदस्य
१२. तारानाथ अधिकारी– सदस्य
१३. भक्त बहादुर बाँनिया– सदस्य
१४. पञ्चनारायण मर्हजन– सदस्य
१५.हरिहर पाण्डे – सदस्य

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here