तारकेश्वर–८ मा जेष्ठ नागरिकलाई सम्मान !

तारकेश्वर नगरपालिका वडा नं ले वडा अन्र्तगत भएका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा अन्र्तगत भएका २ सय भन्दा बढि जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरेको हो ।

आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर नगरपालिका वडा नं ८ पेट्रोल पम्प स्थित रहेको तारकेश्वर मल्टी भेनयूमा तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरेको सभापतित्वमा र तारकेशवर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालको प्रमुअ आतित्यतामा सो कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ ।

सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मानका साथै वडा स्तरीय जेष्ठ नागरिक समिति समेत गठन गरिएको छ । ।
कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरेले वडा अन्र्तगत रहेका जेष्ठ नागरिकहरुको पहिचान र सम्मानका लागि सो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपममेयर भवानी डोटेल धितालले जेष्ठ नागरिक समाजमा ईतिहास बोकेका व्यक्ति हुन् र हामीले हरपल सम्मान गर्नुपर्छ भन्ने बताए । तारकेश्वर–८ का वडा सदस्य मोहन खत्रीले वडा अन्र्तगत रहेका जेष्ठ नागरिक वडाको धरोहर हुन् भन्ने बताए ।

सो सम्मान कार्यक्रम तारकेश्वर–९ का अध्यक्ष बलराम सिटौला, तारकेश्वर–१० का अध्यक्ष अमृउत थापा, कार्यक्रममा तारकेश्वर–११ की वडाध्यक्ष विन्दा बुढाथोकी, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी लगायतका व्यक्ति अतिथिका रुपमा सहभागी भएका थिए । सो कार्यक्रम तारकेश्वर–८ का वडा सदस्य नारायण कुमार श्रेष्ठले सञ्चालन गरेका हुन् भने अर्का वडा सदस्य शुशिला श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिईन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here