तारकेश्वरमा अपाङ्ग दिवसको अवसरमा सचेतनामूलक र्याली !

अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा तारकेश्वरमा सचेतनामूलक र्याली सञ्चालन भएको छ । प्रभाव महिला बचत तथा ऋण सहकारी संस्था लि. तारकेश्वर–६ र लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर–६ को संयूक्त आयाोजनामा सो र्याली सञ्चालन गरिएको हो ।

अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरका साथै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै सो कार्यक्रम सञ्चालन गरिएको लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर–६ का अध्यक्ष गिता पनेरुले बताईन ।

लैङ्गिक हिंसा घरबाटै सुरु हुने र यसको अन्त्य पनि घरबाटै गर्नुपर्ने लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल मुल समितीका सचिव पत्रकार नन्द बहादुर ऐडीले बताए ।

अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा प्रभाव महिला बचत तथा ऋण सहकारी संस्था लि.का २ जना अपाङ्ग महिलालाई न्यानो कपडा समेत वितरण गरिएको हो ।

तारकेश्वर–६ को सानोवाईपासबाट सुरु गरिएको सो सचेतनामूलक र्यली नगरपालिकाको कार्यालय, हेल्पीङ्ग हेण्ड, बस्नेत टार हुदै पुन सानोवाईपासमा रहेको ।

प्रभाव महिला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय प्राङ्गणमा पुगी सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । सो कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल मुल कमिटीका सदस्य कोपिला देवकोटा, लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर–६ का पदाधिकारी तथा सदस्यहरु, तारकेश्वर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधीहरु लगायतका व्यक्तिहरुको बाक्लो सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here