लामबगर सडक छिट्टै पिच हुदै, निर्माणधीन सडकमा पानी नफाल्न स्थानीयलाई अनुरोध ।

तारकेश्वरको लामबगर सडक खण्ड छिट्ट कालोपत्रे हुने भएको छ । कालोपत्रेको अन्तिम चरणमा पुगेकोले सडकमा पानी नफाल्न स्थानीयलाई अनुरोध गरिएको छ ।

सडक कालोपत्रे गर्दा वेस हालेर सो वेस सुख्खा पारी धेलो उडाएर गर्नुपर्ने भएकोले सडकमा पानी नफाल्नको लागि नगरपालिकाले अनुरोध गरेको छ ।

निर्माण कार्य जिम्मा लगेको कम्पनीका इृन्जिनियर सुमन काफ्लेका अनुसार आगामी माघ महिनामा निर्माण सम्झौताको अवधी सकिने र सो समय भन्दा अगावै लामबगर सडक खण्ड कालोपत्रे हुनेछ ।

ई काफलेले भने जाडोको समयमा सडकको वेस सुक्न समय लाग्ने र वेस सुख्खा नभई कालोपत्रे गर्दा टिकाउ नहुने भएकाले केहि समय सो लाग्नेछ र स्थानीयहरुले सो समय अवधीभर आफनो घर अगाडी निर्माणधीन सडकमा पानी फाल्न नहुने बताए ।

अष्ठनारायण हलदेखि तारकेश्वर–२ को फिरफिरे डाँडा सम्म ५ किलोमिटरको दुरीमा सो सडक कालोपत्रे हुदैछ । दायाँ बाया गरि ३ मिटर फुटपात सहितको ११ मिटरको फराकिलो हुने गरि निर्माणधीन सो सडक खण्ड तारकेश्वर नगरपालिकाको मुख्य सडक खण्डको रुपमा रहेको छ ।

सो सडकको दीर्घकालीन टिकाउको लागि स्थानीयहरुले जागरुक हुनुपर्ने बताउँछन् तारकेश्वर–८ का वडा सदस्य मोहन खत्री । निर्माण सम्झौता ठेकादार कम्पनीका ईन्जिनीयर काफ्लेका अनुसार लामबगर सडक खण्ड पीचको लागि स्थानीयहरुले सहजीकरणका साथ सहकार्य गर्नुपर्दछ ।

स्थनीयहरुले सडक निर्माणको प्राविधीक पक्षलाई समेत गहन तरिकाले हेर्नको लागि उनले अनुरोध गरेका छन् । उनका अनुसार पहलो चरणमा शेषमती पुलबाट शिवमन्दिर सम्म र दोस्रो चरणमा जरंखुबाट फिरफिरे डाँडा, तेस्रो चरणमा अष्ठनारायण हलबाट शेषमती पुल सम्म र चौथो चरणमा तारकेश्वर–८ का शिवमन्दिरबाट जरंखु पुल सम्म गरि लामबगर सडक खण्ड निर्माण कार्य सम्पन्न हुने योजना रहेको छ ।

सो सडक कालो पत्रे भई सकेपछि सडक छेउको फुटपातमा कलर समेत लगाउने योजना रहेको छ ।

३८ करोडको टेण्डर सम्झौता भएको लामबगर सडक खण्ड निर्माण भएपछि तारकेश्वर नगरपालिकाको विकासले गती लिएको आभाष हुने तारकेश्वर–८ का वडा सदस्य मोहन खत्री बताउँछन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here