तारकेश्वर–८ को नेपाल रत्न विद्यालयको भवन नक्सा पास विनै निर्माण, नगरपालिका मुखदर्शक!

काठमाण्डौ/ तारकेश्वर–८ जरंखु स्थित एक विद्यालयको भवन व्यापारिक केन्द्र बनेको छ । नेपाल रत्न विद्यालयको शैक्षिक प्रयोजनको लागि निर्माण गरिएको भवन व्यवसायिक रुपमा भाडामा प्रयोग हुदै आएको छ ।

नक्सापास विना नै निर्माण भएको नेपाल रत्न विद्यालयको भवन उदघाटन कार्यक्रममा शिक्षा मन्त्री गिराजमणी पोखरे र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा ले गरेका हुन् । से भवन निर्माण गर्दा कुनै पनि प्रक्रिया नपु¥याईएको देखिन्छ ।

सो भवनको शिलान्यास तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले गरेकी हुन् भने उदघाटन शिक्षा मन्त्री गिरीराजमणी पोखरेल र तारकेश्वरका मेयर रामेश्वर बोहराले संयूक्त रुपमा गरेका हुन् ।

सो जग्गाको सधियारसँग सिमाना विवाद समेत रहेकोले भवनको नक्सापास हुन नसकेको तारकेश्वर नगरपालिकाका भवन एवं नक्सा पास विभागका प्रमुख ईनिज नियर मिलन अर्यालले बताए ।

ई. अर्यालका अनुसार सधियार एवं तारकेश्वर–८ का वडा सदस्य नारायण श्रेष्ठको जग्गा सधियारी विवादका कारण सो भवनको नक्सापासका साथै हालसावी हुन नसकेको होसो विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्र्तगत दर्ता भई सञ्चालन हुदै । आएको छ । विद्यालय व्यवस्थापन समितिमा समेत सञ्चालकको आफन्तहरु रहेका छन् ।

विद्यालयको सो भवन निर्माण गर्दा न कुनै टेण्डर आव्हान गरियो न त कुनै सार्वजनिक सुचना पार्टी टासेर सो योजनाको बारेमा सरोकारवालालाई जानकारी गरियो । यसैले सो विद्यालय मनोमानी तरिकाले सञ्चालन हुदै आएको् छ भन्दा अतियुक्ति नहोला ।

नियम अनुसार कुनै पनि सार्वजनिक कार्यालयको योजना कार्यन्वयन गर्दा सामाजिक परिक्षण, सार्वजनिक लेखा परीक्षण र सार्वजनिक सुनवाई गर्नुपर्ने भएता पनि तारकेश्वर–८ को नेपाल रत्न विद्यालयको सञ्चालकहरुले शक्तिको आँडमा मनोमानी गर्दै आएका छन् ।

तारकेश्वर नगरपालिकाका प्रमुख देखि देशका मन्त्री सम्म पहुँच रहेको सो विद्यालयका सञ्चालकले शैक्षिक प्रयोजनको लागि निर्माण गरेको भवन व्यापारीक केन्द्र बनाएका हुन् । शैक्षिक प्रयोजनको लागि निर्माण भएको नेपाल रत्न विद्यालयको बारेमा सम्बन्धित निकाय बेखबर छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here