लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ देशभरी भोलीबाट सुरुवात हुदैछ । तारकेश्वर नगरपालिकामा लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल र नगरपालिकाको संयूक्त आयोजनामा सो अभियान सञ्चालन हुने भएको
छ ।
समानताको पुस्ता, बलत्कार विरुद्धको ऐक्यवद्धता भन्ने यस वर्षको राष्ट्रिय नारा सहित सो अभियान तारकेश्वर नगरपालिकाको ११ वटै वडाका विभिन्न स्थानमा ओरेक नेपालको सहकार्यमा लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालले सञ्चालन गर्न लागेको सञ्जालका अध्यक्ष देविना कार्की रानाले बताए ।
महिला र पुरुषको समान सहभागीता, हिंसा रहित समाज आजको आवश्यकता भन्ने मुल ध्येयका साथ स्थापित लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालले तारकेश्वर नगरपालिका क्षेत्रमा लैङ्गिक समानताको एजेण्डा उठाउँदै आएको र नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्जालसँगको सहकार्यमा सञ्चालन गर्न लागेको तारकेश्वर–१० का वडाध्यक्ष एवं सञ्जालका उपाध्यक्ष अमृत थापाले बताए ।
भोली कार्तिक ९ गते बाट शुभारम्भ हुने सो अभियान तारकेश्वर–६ स्थितको रिभर साईट रिर्सोटमा अन्तरक्रियात्मक कार्यक्रमबाट सुरु गर्न लागेको तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले बताईन ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७६ सभ्य र भव्य रुपमा सफल पार्नको लागि महानगरीय प्रहरी वृत्त बालाजु र लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालको सहकार्यमा तारकेश्वर नगरपालिकाको ११ वटै वडा कार्यालय, नगरपालिकाको कार्यालय धर्मस्थली र महानगरीय प्रहरी वृत्त बालाजुको प्राङ्गणमा लैङ्गिक हिंसा विरुद्ध प्रतिवद्धता हस्ताक्षर कार्यक्रम समेत भोलीबाट नै शुभारम्भ गर्ने कुरा महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक बालनर सिंह राणाले बताए ।
तारकेश्वरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७६ को अन्तिम दिन कार्तिक २५ गते वृहत सचेतनामूलक ¥याली सहित सम्पन्न गर्ने कार्यक्रम रहेको सञ्जालका सचिव नन्द बहादुर ऐडीले बताए ।