तारकेश्वरको प्रकृति रोदन !

काठडमौको उत्तरी भेगमा रहेका तारकेश्वर नगरपालिका प्राकृतिक रुपमा सुन्दर हराभरा नगरपालिकाको रुपमा परिचित छ । यस नगरपालिकालाई शिवपुरी नागार्जुन राष्ट्रिय निुञ्जको वनजंगलले घेरेको छ ।

पछिल्लो समय भूमाफियाहरुले गैह्र कानूनी रुपमा तारकेश्वर नगरपालिकाको डाँडामा प्लटिङ गरि प्रकृति रोदन गर्दै आएका छन् । सुन्दर हराभर डाँडाहरु सेताम्वे देखिन्छन् ।

माथी उल्लेखित तस्वीरले प्रष्ट बोलेको छ । १ नम्बरको तस्वीर तारकेश्वर नगरपालिका वडा नं १ को वडा कार्यालय अगाडीको दृश्य हो भने २ नम्बरको तस्वीर तारकेश्वर–२ काभ्रेस्थलीको थली गाउँतिर जानेबाटोको दृश्य हो ।

स्थानीय सरकारका साथै सम्बन्धीत निकाय निरीह भएका छन् । तारकेश्वर–२ का वडाध्यक्ष रविन्द्र केसीका अनुसार वडा अन्र्तगत सञ्चालित बालुवाका वासिङ र प्लटिङलाई कानूनी दायरामा ल्याउँनको लागि बारम्बार सूचना गर्दा समेत अटेर गरि वडामा दर्ता नै नभई सञ्चालन हुदै आएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here