तारकेश्वरको देवीस्थानमा गैह्रकानुनी तवरले प्लटिङ, सम्बन्धीत निकाय मुखदर्शक !

तारकेश्वर नगरपालिका वडा नं २ को देवीस्थानमा ग्रैह कानूनी तवरल प्लटिङ भईरहेको छ । स्थानीयहरुको विरोधका बावजुद्धमा पनि करीव ५० रोपनी क्षेत्रफलमा सो प्लटिङ भएको छ ।

शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्र अन्र्तगत पर्ने सो स्थानमा भईरहेको प्लटिङका बारेमा निकुञ्ज समेत चुप लागेर बसेको छ । स्थानीय सर्वसाधरणले आफनो घर बनाउदा निउ खोज्ने राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्रमा वृहत प्लटिङ हुदा समेत मुखदर्शक भएर बसेको छ ।

तारकेश्वर नगरपालिकाले हेभी मेसिन चलाएर जग्गा सम्याउँन नपाईने, प्लटिङ गर्न नपाईने भनी सूचना प्रकाशन गरेता पनि सो प्लटिङ निरन्तर रुपमा भईरहेको छ ।

नगरपालिकाले फिल्डमै गएर सो कार्यलाई रोक्न सकेको छैन् । स्थानीय बासीका अनुसार प्रहरी प्रशासन गएर जनताको अगाडी चावी खोस्ने र पछाडीबाट आर्थिक मोलमोलाई गर्ने क्रम चलिरहेको छ । करीव ५० रोपनीको क्षेत्रफलमा भईरहेको तारकेश्वर–२ को सो प्लटिङमा केन्द्रस्तरका राजनीतिक नेताहरुको नै सहभागीता भएको स्थानीयहरु बताउँछन् । तारकेश्वर–२ अन्र्तगत रहेका सत्तापक्ष र प्रतिपक्षका नेताहरुपनि यो गैह्र कानूनी रुपमा सञ्चालन हुदै आएको प्लटिङको बारेमा बोल्न चाहदैन् ।

देवीस्थानका स्थानीय बासीका अनुसार गैह्र कानूनी रुपमा सञ्चालन हुदै आएको सो प्लटिङका भूमाफियाहरुसँग तारकेश्वर–२ का जनप्रतिनिधी, सत्तापक्ष र प्रतिपक्षदलका नेता, नगरपालिका, राष्ट्रिय निकुञ्ज समेत लाई आर्थिक प्रलोभनमा पारिएको छ ।

गैह्र कानूनी रुपमा सञ्चालन हुदै आएको सो प्लटिङका सञ्चालकहरुले परम्परागत रुपमा बग्दै आएको खोला समेत पुरेका छन् । प्रतिजग्गा समेत अतिक्रमण भएको स्थानीयको भनाई छ ।

प्रतिजग्गा अतिक्रमण हुदाँ समेत तारकेश्वर–२ को वडा कार्यालय मुखदर्शक भएको छ । तारकेश्वर–२ को देवी स्थानमा गैह्र कानूनी रुपमा सञ्चालन हुदै आएको प्लटिङलाई रोक्न तारकेश्वरको स्थानीय सरकारलाई के कुराले अवरोध ग¥र्यो ? यो सोधखोजको विषय बनेको छ ।

५० फिट गहिरो सम्मको सो प्लटिङले तारकेश्वर–२ को देवीस्थानमा प्रकृति विपत आउने सम्भावना प्रवल छ । यो समस्याको सम्बोधन तीव्र रुपले भएन भने यस्ता गैह्र कानूनी प्लटिङहरुको लहर चल्दै जानेछ र तारकेश्वर नगरपालिकामा भूमाफियाहरुको सक्रियता बढ्दै जाने स्थानीयबासी बताउँछन् ।

देवीस्थानबासीहरु दिनानूदिन वडाकार्यालय धाईरहेका छन् । सो प्लटिङकै कारणले देवीस्थानको तामाङ बस्तीका साथै पर्यटकीय स्थल वृहत शान्तिधाम समेत जोखिममा पर्ने प्रंवल सम्भावना रहेको स्थानीय बताउँछन् ।

तस्बीरमा देवीस्थानको ग्रैह कानूनी तवरले सञ्चालित प्लटिङ

तस्बीरमा देवीस्थानको ग्रैह कानूनी तवरले सञ्चालित प्लटिङ !

 

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here