तारकेश्वर–८ जरंखुमा सिटिजन्स् लाईभ ईन्सुरेन्स कम्पनी

तारकेश्वरको जरंखुमा सिटिजन्स् लाईभ ईन्सुरेन्स कम्पनी लि.ले एक दिने अभिकर्ता तालिम दिएको छ । तारकेश्वर नगरपालिकाका स्थानीयहरुलाई मध्येनजर गरि सो तालीम सञ्चालन गरिएको हो । आज एक औपचारीक कार्यक्रमका बीच जरंखुको साझाा पार्टी प्यालेसमा सो तालीम तारकेश्वर–८ का वडाध्यक्ष मनोजकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भव्य रुपले सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ८ को जरंखुमा सिटिजन्स् लाईभ ईन्सुरेन्स कम्पनी लि. ले आफनो नयाँ शाखा विस्तार गरि सो अभिकधर्ता तालीम सञ्चालन गरेको हो ।
सो कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर नगर चेम्बरका अध्यक्ष रामप्रसाद मर्हजनले विमा कम्पनीको अभिकर्ता तालीम लिई काम गर्ने हो भने लाखौको कमाई हुने र युवाहरुले वेरोजगार भई भौतारिनु पर्ने अवस्थाको अन्त्य हुने बताए । यस्तै गरि तारकेश्वर–८, का वडाध्यक्ष मनोज कुमार घिमिरेले विमा कम्पनीले मानिसमा बचतकधो विकासका साथै जोखिम न्यूनीकरण गर्ने बताए । उनले भने, तारकेश्वर–८ मा सिटिजन्स् लाईफ ईन्सुरेन्स आएको छ, वडा कार्यालय कम्पनीसँग आवश्यक सहकार्य गरि उद्यमशीलताका कार्यगर्न तत्पर रहेको छ । यस्तै गरि तारकेश्वर–८ का वडा सदस्य मोहन खत्रीले बीमा भनेको सुखको बेला बचत र दुखको अवस्थामा सहाराको रुपमा रहेको र हामी सबैले बीमा गर्नुपर्ने बताए ।
सो कार्यक्रममा तारकेश्वर नगरचेम्बरका सदस्य कोपिला देवकोटा, नेपाल शिक्षक संघ तारकेश्वरका अध्यक्ष नारायण गिरी लगायतका व्यक्तिहरुले आफनो भनाई राखेका थिए । सो अभिकर्ता तालीममा प्रशिक्षक एवं पद्यम कन्या क्याम्पसका प्रधायापक टुक बहादुर रानाले प्रशिक्षण गरेका हुन् । सो तालीमको समापनमा आफनो भनाई राख्दै सिटिजन्स् लाईभ ईन्सुरेन्स कम्पनी लि.का तारकेश्वर–८ जरंखुका शाखा म्यानेजर स्वेच्छा उप्रेतीले तारकेश्वरमा सिटिजन्स् लाईभ ईन्सुरेन्स कम्पनी लि. को कार्यक्रम बढाउँनको लागि समग्र पक्षको सहयोग र सहकार्य अपरिहार्य रहेको बतौ । सो अभिकर्ता तालीममा तारकेश्वरका ५५ जना स्थानीय जोशिला युवा युवतीहरुको सहभागीता
रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here