तारकेश्वर–८ जरंखुमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी ।

तारकेश्वरको जरंखुमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लि.ले अभिकर्ता तालिम दिएको छ ।

तारकेश्वर नगरपालिकाका स्थानीयहरुलाई मध्येनजर गरि सो तालीम सञ्चालन गरिएको हो । आज औपचारीक कार्यक्रमका बीच जरंखुको साझाा पार्टी प्यालेसमा सो तालीम तारकेश्वर–८ का वडाध्यक्ष मनोजकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भव्य रुपले सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ८ को जरंखुमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लि. ले आफनो नयाँ शाखा विस्तार गरि सो अभिकर्ता तालीम सञ्चालन गरेको हो ।


सो कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर नगर चेम्बरका अध्यक्ष रामप्रसाद मर्हजनले विमा कम्पनीको अभिकर्ता तालीम लिई काम गर्ने हो भने लाखौको कमाई हुने र युवाहरुले वेरोजगार भई भौतारिनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।उनले मेरो छोरा को पाईलट को रुपमा कार्यरत अवस्थामानै दुर्घटनामा परी ज्यान गुमायको भयतापनी मलाई धेरै पिडा त छ तर वीमाले मलाई केही राहत महसुस भएको बताए । यस्तै गरि तारकेश्वर–८, का वडाध्यक्ष मनोज कुमार घिमिरेले विमा कम्पनीले मानिसलाई भविष्यको लागी वचत गर्ने बानीको बिकासका साथै भविष्यमा आइपर्ने अनिश्चित जोखिमहरु न्यूनीकरण गर्ने बताए ।

rbt

उनले भने, तारकेश्वर–८ मा सिटिजन लाईफ ईन्स्योरेन्स आएको छ, वडा कार्यालय कम्पनीसँग आवश्यक सहकार्य गरि उद्यमशीलताका कार्यगर्न तत्पर रहेको छ । यस्तै गरि तारकेश्वर–८ का वडा सदस्य मोहन खत्रीले बीमा भनेको सुखको बेला बचत र दु:ख को बेला सहाराको रुपमा रहेको र हामी सबैले बीमा गर्नुपर्ने बताए ।
सो कार्यक्रममा तारकेश्वर नगरचेम्बरका सदस्य कोपिला देवकोटा, नेपाल शिक्षक संघ तारकेश्वरका अध्यक्ष नारायण गिरी लगायतका व्यक्तिहरुले आफनो भनाई राखेका थिए ।

सो अभिकर्ता तालीममा अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक एवं पद्यम कन्या क्याम्पसका प्रधायापक श्री टुक बहादुर रानाले प्रशिक्षण गर्नुभएको थियो ।यो हाम्रो सिटजन लाईफमा अभिकर्ता को रुपमा कमा गर्दै जादा स्वरोजगर मात्र नभई समाजलाई परिवर्तन गर्ने क्षमताको विकास समेत हुने उहाले वताउनुभयो। सो तालीमको समापनमा आफनो भनाई राख्दै सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी कम्पनी लि.का तारकेश्वर–८ जरंखुका शाखा प्रमुख स्वेच्छा उप्रेतीले तारकेश्वरमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लि. को कार्यक्रम बढाउँनको लागि समग्र पक्षको सहयोग र सहकार्य अपरिहार्य रहेको बताय । सो अभिकर्ता तालीममा तारकेश्वरका ५५ जना स्थानीय जोशिला युवा युवतीहरुको सहभागीता रहेको थियो । यस अभिकर्ता कार्यक्रमको आयोजना गर्ने मुख्य भूमिका सिटिजन लाईफ ईन्स्योरेन्स बालाजु शाखाका एजेन्सी म्यानेजर नरेन्द्र पुनले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here