ज्यान क्षणभरमा माटाे हुन्छ

श्याम लामिछाने

जीवन भरका साथहरु एकै बातले फाटाे हुन्छ
औधी माया गरेको ज्यान क्षणभरमा माटाे हुन्छ ।

जति प्यारो भए पनि नचाहेरै छुट्नु पर्ने
जीवनको यो झुठो खेल दुई दिनको नातो हुन्छ ।

हराभरा ठाँने पनि जिन्दगीका गराहरु
थहा हुन्न कतिबेला यो तन सुख्खा पाटाे हुन्छ ।

रुवायर दुनियाँलाई आफू खुशी बन्नेहरु
अरुको मन राख्न सके सम्झिरहने बाटो हुन्छ ।

आफू सुखी बन्न खोज्दा सत्य सबै भुली जान्छ
सत्कर्म लाई छाडन हुन्न नत्र जीवन घाटाे हुन्छ ।

जीवन भरका साथहरु ………………………… ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here