तारकेश्वर–८ मा कुकुर आतंक !

तारकेश्वर–८ मा छाडा कुकुरको आतंक बढेको छ । छाडा कुकुरको संख्या वृद्धि भएकोले सडकमा पैदल हिड्ने देखि सवारी सबैमा कुकुरले आक्रमण गर्ने त्रास बढेको छ ।

नगरपालिकामा छाडा कुकुर व्यवस्गथापनको कुनै योजना नहुँदा सो समस्या बढेको स्थानीय युवा राजु लामाले बताए । तारकेश्वर नगरपालिका वडा नं ८ अन्र्तगत मात्रै करिब २ सय भन्दा बढि छाडा कुकुर रहेका छन् ।

छाडा कुकुरको टोकाईबाट रेविज लगायतका डर लाग्दा रोग सर्नुका साथै सावरी र्दुघटनामा वृटि हुनेभएकोले समयमा नै यसको समाधान तर्फ लाग्नुपर्ने वडा सदस्य मोहन खत्री बताउँनु हुन्छ । वडा सदस्य खत्रीका अनुसार जरंखु क्षेत्रमा मानै करीव ६० भन्दा बढि छाडा कुकुर रहेको र ती छाडाकुकुरको भीडले विभिनन घटना समेत निम्त्याई सकेको छ । नगरपालिकाबाटै नीति तथा योजना तर्जुमा गर्नुपर्ने देखिन्छ ।

तारकेश्वर नगरपालिकाको वडा नं १० ले वडा अन्र्तगतका विभिन्न स्थानमाम रहेका छाडा कुकुर व्यव्सथापनको लागि गत आ.व.मा बन्ध्याकरण अभियान सञ्चालन गरेको थियो । सो अभियानमा एक सय वटा कुकुरलाई बन्ध्याकरण गरिएको थियो भने सो अभियान तारकेश्वरका अन्य वडामा समेत सञ्चालन गर्नुपर्ने स्थानीयहरुको माग बढेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here