दशैं विशेष : घरैमा बनाउनुहोस् स्वस्थ र स्वादिलो मासुको यस्ता परिकार

काठमाडौँ, १८ असोज

दशैंमा नेपालीका भान्सामा पाक्ने विभिन्न परिकारमध्ये मासुका परिकारले विशेष स्थान पाउँछ । दशैंका वेला अधिकांश नेपालीका भान्सामा पाक्ने अरू परिकार जस्तै मासुका परिकारलाई पनि स्वस्थ र स्वादिलो बनाउन तयारी उत्तिकै गरिएको हुन्छ । पक्कु, भुटन, कबाब आदिमा सीमित हिजोका दशैंको तुलनामा पछिल्ला दशैंका वेला मासुका थुप्रै परिकार बन्न थालेका छन्, भान्सामा ।

टाउको फ्राई

सामाग्री

खसीको टाउको २ सय ग्राम, जिरा आधा चम्चा, अदुवाको पेस्ट आधा चम्चा, लसुनको पेस्ट आधा चम्चा, बेसार आधा चम्चा, जीराको धूलो आधा चम्चा, धूलो खुर्सानी आधा चम्चा, भेडेखुर्सानी एक टुक्रा काटेको, प्याज काटेको, हरियो धनियाँ काटेको एक चम्चा, तोरीको तेल ४ चम्चा, नून स्वादअनुसार, बाजेको मिट मसला आधा चम्चा ।

विधि

पहिले टाउको गरेर उसिन्ने र साना(साना टुक्रा बनाउने । एउटा भाँडामा तोरीको तेल तताएर जिरा, खुर्सानी फुराई अदुवा, लसुन फ्राई गर्ने अनि सम्पूर्ण सामाग्री हालेर भुट्ने । स्वादअनुसार नून र खुर्सानी हालेर माथिबाट धनियाँ छर्किने ।

भुटन साँधेको
सामाग्री

भुटन २ सय ग्राम, भुटेको जीराको धूलो आधा चम्चा, अदुवा र लसुनको पेस्ट आधा चम्चा, कागतीको रस १० मिलिलिटर, हरियो धनियाँ काटेको एक चम्चा, चाट मसला ५ ग्राम, तोरीको तेल १० मिलिलिटर, खुर्सानीको धूलो, नून स्वादअनुसार, बेसार ५ ग्राम ।

विधि

मासुलाई सफा गरेर उसिन्ने । चुस्यार सम्पूर्ण मरमसला हाली मोल्ने । तोरीको तेलमा मेथी र बेसार फुराइ भुटनलाई झान्ने ।

मस्टर्ड क्यास्विनट ग्रेभी फिस
सामाग्री

माछा ९काँडा नभएको बुहोरी माछा० १ केजी, सर्स्युको पेस्ट ५० ग्राम, प्याजको पेस्ट २५ ग्राम, लसुनको पेस्ट २५ ग्राम, जीराको पेस्ट १० ग्राम, गोलभेडाको पेस्ट १ सय ग्राम, काजुको पेस्ट २५ ग्राम, बेसार आधा चम्चा, खुर्सानी र नून स्वादअनुसार, जीराको दाना, सर्स्यु, सुकेको खुर्सानी र तेजपत्ता जम्मा ५ ग्राम ।

विधि

माछालाई सफा गरेर थोरै नुन(बेसारका साथै मोलेर केही बेर फ्रिजमा राख्ने । कराही वा तावामा तेल तताई माछालाई राम्रोसँग पाक्ने गरी ग्रील गर्ने ।

सस बनाउने विधि

कराहीमा तेल तताई जिरा, सर्स्यू, सुकेको खुर्सानी, तेजपत्ता फुराउने । लसुनको पेस्ट, प्याजको पेस्ट तथा जीराको पेस्ट हालेर भुट्ने । त्यसलाई सर्स्यूको पेस्टका साथ केही बेर पकाउने । गोलभेडाको पेस्ट हालेर फेरि पकाएपछि काजूको पेस्ट पनि हाल्ने । ग्रेभिबाट तेल निस्कन थालेपछि इच्छाअनुसार पानी हालेर लेदो बनाउने ग्रील माछा हाली केही बेर पकाउने । यसरी तयार मस्टर्ड क्यास्विनट ग्रेभी फिसमा केही थोपा कागतीको रस मिसाउने ।

मटन बोटी कबाब
सामाग्री

मटनको करङको भाग २ सय ग्राम, बेसार १ चम्चा, धनियाँको धूलो १ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नून स्वादअनुसार, गरम मसला १ चम्चा, दही २ चम्चा, जिरा धूलो आधा चम्चा, तेल २ चम्चा, अदुवा र लसुनको पेस्ट १ चम्चा ।

विधि

माथिका सबै सामाग्री मासुमा हालेर मोल्ने । यसलाई २ घण्टाजति फ्रिजमा राखी झिरमा उनेर १० मिनेटसम्म पल्टाई(पल्टाई पोलेपछि मटन बोटि कबाब तयार हुन्छ ।

टाउको साँधेको
सामाग्री

खसीको टाउको २ सय ग्राम, गाँजर १० ग्राम, केराउ १० ग्राम, प्याज १० ग्राम, हरियो लसुन १० ग्राम, भुटेको जीराको धूलो १० ग्राम, टिम्मुरको धूलो २ पिन्च, खुर्सानीको धूलो ५ ग्राम, अदुवा र लसुनको पेस्ट १० ग्राम, चाट मसला ५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, गोलभेडा काटेको १० ग्राम, नून तथा कागतीको रस स्वादअनुसार ।

विधि

खसीको टाउकोलाई राम्रोसँग सफा गरेर उमाल्ने । पाकेपछि चिस्याएर सम्पूर्ण सामाग्री हाली मोल्ने अनि तोरीको तेल तताई मेथी र बेसारले झान्ने ।

मटन सेकुवा
सामाग्री

मटन १ केजी, जीराको धूलो १० ग्राम, धनियाँ पाउडर १० ग्राम, बेसार १ चम्चा, गरम मसला १० ग्राम, अदुवा र लसुनको पेस्ट ४० ग्राम, कागतीको रस १० मिलिलिटर, तोरीको तेल २० मिलिलिटर, दही १० ग्राम, नून स्वादअनुसार ।

विधि

एउटा भाँडामा सबै सामाग्रीका साथ मटनको पिस हालेर मोल्ने । ४ घण्टाजति फ्रिजमा राखेपछि आफूसँग उपलब्ध झिरमा उनेर, ग्रील गरेर, कोइलाको आगोमा पोलेर, फ्राई गरेर वा ओवनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here