तारकेश्वरको लोकतान्त्रिक चोकमा सचेतनामूलक सास्कृतिक कार्यक्रम

तारकेश्वरको लोकतान्त्रिक चोकमा सचेतनामूलक सास्कृतिक कार्यक्रम भव्य रुपले सञ्चालन भएको छ । समुदाय प्रहरी तारकेश्वर नगर कमिटीको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रम तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा र महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा भव्य रुपले सम्पन्न भएको हो ।
नजिकैदै गरेको चाडवाडलाई लक्षित गरि सो सचेतनामूलक सास्कृतिक कार्यक्रमले चोरी, ठगीका सार्थै अपराधिक क्रियाकलाप न्यूनीकरण हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा अपराधिक क्रियाकलापमा न्यूनीकरण आएको महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थपा क्षेत्रीले बताए । तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालले नेपालीहरुको महान पर्व वडा दशै नजिकिदै गरेको र सो चाडमा तडकभडक नगरि एकआपसमा सौहार्दपूर्वक तरिकाले मनाउँन आग्रह गर्नुभयो ।

सो सचेतनामूलक कार्यक्रममा राष्ट्रिय लोक गायक प्काश कटेवाल , हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुव्रे, तारकेश्वर–१० को एन्जल्स् हाटर्ठ मा.वि. र लाली गुराँस नेशनल एकेडेमीका विद्याथीहरुले आफनो दमदार सास्कृतिक प्रस्तुती मार्फ सहभागीहरुलाई भरपूर मनोरञ्जन दिएका थिए । सो सचेतनामूलक सास्कृतिक कार्यक्रम नेपाल प्रहरीको व्याण्ड बाजा सहितको भव्य रुपले समपनन भएको छ ।

सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर–१ देखि ११ सम्मका वडाध्यक्षका साथै वडासदस्यहरु, महानगरिय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणा सहित प्रहरी अधिृतहरु, नेपाली कांग्रेस तारकेश्वरका सभापति श्रीराम थापा, नेपाली कांग्रेस तारकेश्वरका युवा नेता ईन्द्रमान मर्हजन, कृष्णहरी मर्हजन, लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालका अध्यक्ष सहति पदाधिकारी, विभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधी, विभिन्न टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here