तारकेश्वरमा पहिलो पटक प्रहरी व्याण्ड बाजासहितको सास्कृतिक कार्यक्रम हुर्दै !

तारकेश्वरमा पहिलो पटक प्रहरी व्याण्ड बाजा सहितको सास्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । आगामी १४ गते ६४ औ प्रहरी दिवसको अवसरमा तारकेश्वर–१० को लोकतान्त्रिक चोकमा सचेतनामूलक व्याण्ड बाजा सहित सास्कृतिक कार्यक्रम हुने भएको हो ।

समुदाय प्रहरी तारकेश्वर नगर कमिटीको आयोजनामा सो कार्यक्रम सञ्चालन गर्न लागिको तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापाले बताए । ६४ औ प्हरी दिवसको अवसरका साथै नजिकैदै गरेको चाडवाडलाई लक्षित गरि सो सचेतनामूलक सास्कृतिक कार्यक्रम सञ्चालन गर्न लागेको महानगरिय प्रहरी वृत्त बालाजुका कार्यालय प्रमुख प्रहरी नाय उपरिक्षक बालनरसिंह राणाले बताए ।

सो कार्यक्रम तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा र महानगरीय प्हरी कार्यालय रानी पोखरी प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थपा क्षेत्रीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने महानगरिय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक दिवाकर गणेशले बताए ।
तारकेश्वर नगरपालिका क्षेत्रमा पहिलो पटक हुन लागेको सो प्रहरी व्याण्ड बाजासहितको सचेतनामूलक कार्यक्रममा सहभागी हुनका लागि प्रत्येक वडाले स्थानीयहरुलाई निमन्त्रणा समेत गरेको तारकेश्वर–१० वडाध्यक्ष अमृत थापाले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here