तारकेश्वर–४ मा खुल्यो सुविधा सम्पन्न व्यूटीपार्लर !

तारकेश्वर नगरपालिका वडा नं ४ मा सुविधा सम्पन्न व्यूटीपार्लर सञ्चालनमा आएको छ । तारकेश्वर–४ र ६ को सिमानामा रहेको कमेरे बस्ती अन्र्तगत सनफलावर एकेडेमी नजिकै सो सुविधा सम्पन्न व्यूटीपार्लर सञ्चालनमा आएको हो ।

तारकेश्वर–४ की सकुन थापाद्धारा सञ्चालित एड्रोन व्यूटी सैलुन (पार्लर) नामक सो पार्लर २ जना पुरुष सहित जम्मा ५ जना रोजगारी समेत भएको सञ्चालक थापा बताउछीन् ।

जेन्स र लेडि दुवैको लागि सैलुन, व्यूटीपार्लर सम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यका साथ सो पार्लर सञ्चालनमा आएको हो । करीव ११ लाखको लगानीमा सो पार्लर विभिन्न सेवा सुविधा सहित सञ्चालनमा आएको छ ।

सो पार्लरमा लेडिजको हेयर कलर, हेयर स्पा, हेयर स्टेट, हेयर ट्रिटमेण्ट, डिलक्स मेनी केयर, डिलक्स पेडी केयर,बडि मसाज, फेसियर, थ्रेडिङ, हेयर सेटिङ र जेन्सको लागि हेयर कट एण्ड स्टाईल, फेसियल, सेभिङ, थ्रेडिङ, हेड मसाज लगायतका सेवा प्रदान गरिदै आएको सञ्चालक सकुन थापाले बताईन् ।

आज एक अनौपचारीक कार्यक्रमका बीच सो पार्ल भव्य रुपमा समुद्घाटन गरिएको हो ।

सो समुदघाटन कार्यक्रममा तारकेश्वर–४ का महिला मुल समुहकी अध्यक्ष राधिका महर्जन, लैङ्गिम हिंसा नियन्त्रण समन्वय सञ्जालका सह–सचिव विमला कार्की थपलिया लगायत विभिन्न स्थानीय महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

विभिन्न तालीम लिई विगत १० वर्ष देखि पार्लर सम्बन्धी काम गदै आएकी सञ्चालक थापाले भन्छिन्, आफनै घर आगनमा विभिन्न सेवा सहितको पार्लर सञ्चालनमा आएकोले एकपटक अवश्य भिजिट गर्नुहोला ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here