तारकेश्वर–११ मा वृहत रक्तदान कार्यक्रम !

तारकेश्वर–११ मा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चिरायु बहुउद्देश्यीय सहकारी संस्था लि. नेपालटारको आयोजनामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा साझा पार्टी प्याले जरंखु, काठमाण्डौ शिक्षालय शेषमती र तारकेश्वर समाज सहआयोजकका रुपमा रहेका छन् ।

सो रक्तदान कार्यक्रममा ३२ जनाले रगतदान गरेका हुन् । उक्त रक्तदान कार्यक्रममा महानगगरीय प्रहरी वृत्त बालाजुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिह राणा, तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकी, रक्तदान अभियान्ता देवेन्द्र मर्हजन, लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालका सहसचीव विमला थपलिया र्काी, चिरायूका अध्यक्ष सरोज मर्हजन, म्यानेजर रामलाल मर्हजन, साझा पार्टी प्यालेसका रामचन्द्र कार्की, काठमाडौं शिक्षालयका प्रिन्सिपल घनश्याम पाण्डे लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

सो कार्यक्रममा आयोजकका साथै सह–आयोजक संस्थाका सञ्चालक, कर्मचारी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here