तारकेश्वर आवाजका सम्पादक ऐडी सम्मानित !

तारकेश्वर आवाजका सम्पादक/प्रकाशक नन्द बहादुर ऐडी सम्मानित भएका छन् । सम्पादक ऐडीलाई तारकेश्वर नगरपालिका वडा नं १० ले सम्मान गरेको हो ।

सम्पादक ऐडीले तारकेश्वर–१० को सवाङ्गिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकोले उक्त वडाले सम्मान गरेको हो ।

आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर–१० समग्र विकासको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने क्रममा सम्पादक ऐडी सञ्चार क्षेत्र अन्र्तगत सम्मानित भएका हुन् । उक्त कार्यक्रम शान्ति सुरक्षा तर्फ महानगरीय प्हरी वृत्तका प्रमुख प्हरी नायय उपरीक्षक बालनरसिंह राणा, प्रहरी नायव उपरीक्षकद्धोय विष्णु पाण्डे र डोलराज अर्याल, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रमा तारकेश्वर सरसफाईका केदार खत्री लगायत विभिनन टोल विकास संस्था, महिला समूह, विद्यालय, खेलाडी लगायतका लाई सम्मान गरिएको हो ।
सम्मापदक ऐडीले तारकेश्वर नगरपालिकालाई विशेष कार्यषेत्र बनाउँदै विगत ४ वर्षयता तारकेश्वर आवाज पत्रिका सञ्चालन गर्दै आएका छन् ।

तारकेश्वर नगरपालिकाको स्थानीय पत्रिकाको रुपमा रहेको तारकेश्वर आवाजले नितान्त तारकेश्वरका गतिविधी प्रकाशन गर्ने भएकाले उक्त पत्रिकालाई तारकेश्वर क्षेत्रको मुखपत्रको रुपमा चिनिदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here