श्रीपुजाले भव्य रुपमा मनायो दशौ वार्षिक साधारण सभा !

श्रीपुजा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो दशौ वार्षिक साधारण सभा भव्य रुपमा मनाएको छ । आज एक औपचारकि कार्यक्रमका बीच तारकेश्वर–६, जरंखुको साझा पार्टी प्यालेसमा उक्त साधारण सभा भव्य रुपमा मनाईएको हो ।

उक्त संस्थाको साधारण सभामा वर्षभरि संस्थाले गरेको बचत संकलन, ऋण प्रवाह लगायतका आर्थिक प्रगती पेश गरिएको छ । संस्थाका अध्यक्ष रविन्द्र शाहीले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा रु. १६ करोड ८३ लाख १३ हजार २७७ संस्थामा निक्षेप रहेको र अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.९२ प्रतिशतले वृद्धि भएको बताए ।

श्री पूजा वचत तथा ऋण सहकारी संस्था लि.मा आ.व. ७५/०७६ को अन्त्य सम्ममा जम्मा शेयर पूँजी रु. २ करोड ४२ लाख ४१ हजार ६ सय रहेको छ । उक्त शेयर पूजी अघिल्लो वर्षको तुलनामा ७०.४४ प्रतिशतले वृद्धि भएको हो ।
श्री पुजाले आफनो एक दशकको अवधीमा लगातार सदस्यहरुमा बचत तथा ऋणको सेवा प्रदान गर्नुका साथै काठमाडौंका उत्तरी भेगका बासिन्दाहरुको आर्थिक सम्बृद्धिका लागि, व्यवसायिक योजना तथा स्वरोजगार व्यवसाय संचालनको टेवा पु¥याएको संस्थाका उपाध्यक्ष राधाकृष्ण खड्गीले बताए ।
काठमाडौंको उत्तरी भेगका बासिन्दाहरुलाई व्यवसायमुलक कार्य योजना प्रस्तुत गर्ने तथा सस्तो र सहुलियत व्याज दरमा ऋण उपलब्ध गराई उत्पादन मुलक कार्यमा संलग्न गराई स्वरोजगार हुन अभिप्रेरित गर्ने कायक्रम श्रीपूजाले सञ्चालन गर्दै आएको कुरा संस्था सल्लाहकार एवं नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्कीले बताए ।

उक्त दशौं वार्षिक साधारण सभामा मन्तव्य दिदै सांसद भीमसेनदास प्रधानले सहकारी राष्ट्रको आर्थिक सम्वृद्धिको आधार भएको र श्रीपूजाले तारकेश्वरमा छरिएर रहेका पूजीलाई संकलन गरि आफना शेयर सदस्यहरुलाई आयमूलक कार्यमा लाग्न अभिप्रेरित गर्न सफल होस् भन्ने शुभकामना दिए ।

श्रीपूजाले साधारण बचत, ६ महिने आवधिक बचत, २ वर्षे आवधिक बचत, ३ वर्षे आवधिक बचत जस्ता विभिन्न बचतका कार्यक्रम सञ्चालनका साथ बचतकर्ताहरुलाई बचत गरि आयमूलक कार्यमा अभिपे्ररिण गर्दै आएको छ ।
श्रीपूजाले विभिन्न बहुआयामकि बचतका कार्यक्रमसँगै युवा स्वरोजगार, सामुहिक, घरजग्गा, कृषि, शिक्षा, हायर परचेज र व्यवसायिक लगायतका विभिन्न शीर्षकमा ऋण प्रवाह गर्दै आएकोे छ ।

दशौ वार्षिक साधारण सभा सम्म आईपुग्दा श्रीपूजाले सेवाग्राहीहरुको सुविधालाई ध्यान दिदै भेडीगोठमा सेवाकेन्द्र समेत विस्तार गरेको छ ।

प्रभु, हिमाल रेमिट, आईएमई, वेस्टन युनियन, सिटी जस्ता रेमिट्यान्स सेवाहरु सञ्चालन गर्नुका साथै बिजुली बत्ती, टेलीफोन, डिसहोम रिर्चाज, मोवाईल रिर्चाज एडिएसएल रिर्चाज जस्ता सेवा प्रदान गर्दै आएको छ । श्रीपूजाले शेयर सदस्यहरुको आर्थिक हितका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जरंखुको साझा पार्टी प्यालेसमा सञ्चालित श्रीपूजाको दशौ वार्षिक साधारण सभा काठमाण्डौ क्षेत्र नं ६ का सांसद एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतामाम सम्पन्न भएको हो ।

उक्त साधारण सभामा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्की, नेपाली कांग्रेस तारकेश्वरका सभापति श्रीराम थापा, तारकेश्वर–३ का वडाध्यक्ष मनोहरी तिवारी, तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापा, रक्षादेवी कृषि सहकारी संस्था लि.का अध्यक्ष अनिल भण्डारी लगायत विभिन्न छिमेकी सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मीहरु अतिथीका रुपमा सहभागी भएका थिए भने करीव ५ सय जना शेयर सदस्यहरुको बाक्लो उपस्थितीमा उक्त वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here