तारकेश्वरमा रामप्रसाद मर्हजनको नेतृत्वमा चेम्बर अफ कमर्शको कमिटी घोषणा !

तारकेश्वरमा चेम्बर अफ कर्मशको कार्य समिति गठन भएको छ । रामप्रसाद मर्हजनको नेतृत्वमा ३३ सदस्यीय कार्य समिति गठन भएको हो ।
आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वरमा चेम्बरको कार्य समितिको पदस्थापना भएको हो । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले केक काटेर सो कार्यसमितिको पदस्थापना गरेका हुन् ।

सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले चेम्बरु अफ कर्मश व्यवसायीहरुको छाता संगठन भएको बताए । बोहराले भने, पहिले तारकेश्वरमा उत्पादन भएका तरकारीहरु विकाउन ग्राहो हुन्थ्यो तर हाल तारकेश्वर क्षेत्रका कृषि फार्महरुमा व्यापारीहरु गएर तरकारी किन्ने परम्पराको विकास भएको छ ।

सो कार्यक्रममा आफनो भनाई राख्दै काठमाडौं चेम्बरका अध्यक्ष कृष्णमान श्रेष्ठले स्थानीयको आम्दानीको श्रोत अनुसार तारकेश्वर नगरपालिकाले करको दायरा तोक्नुपर्ने बताए ।

कार्यक्रममा तारकेश्वर चेम्बरका अधयक्ष रामप्रसाद मर्हजनले व्यवसायीहरुले तिरेको कर तारकेश्वर नगरपालिकाले सदुपयोग नगरेको बताए । अधयक्ष मर्हजनले भने, हामी कर जतिपनि तिर्न राजी छौ तर नगरपालिकाले हामीले तिरेको करको सदुपयोग गर्नुपर्यो, नगरपालिकाको सडक लगायत यथोचित विकास हुनुपर्यो । कार्यक्रम सञ्चालनको क्रममा तारकेश्वर चेम्बरका सचिव दिनेश प्रधानले आगामी दिनमा तारकेश्वर चेम्बरले व्यवसायीक हितका साथै सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम सञ्चालने गर्ने बताए ।

सो कार्यक्रममा नजिकिदै गरेको नेपालीहरुको महान चाड विजया दशै, शुभदिपावली, छट तथा नेपाल सम्बत्को शुभकामना समेत आदान प्रदान गरिउको थियो ।


सो कार्यक्रम तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं चेम्बर अफ कर्मशका अध्यक्ष कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस तारकेश्वर नगर सभापति श्रीराम थापा, तारकेश्वर नगरपालिका प्रमुख प्शासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, तारकेश्वरका नगरपालिकाका विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरु, समाजसेवी लगायतका व्यक्रिहरुको बाक्लो सहभागीता रहेको थियो ।


चेम्बर अफ कर्मश, तारकेश्वरका पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष– राम प्रसाद मर्हजन
उपाध्यक्ष– सिर्जना बुर्लाकोटी
उपाध्यक्ष– दिपकराज अर्याल
महासचिव– लक्ष्मण तिम्लिसिना
सचिव– दिनेश प्रधान
सचिव– सुवाष बोहरा
कोषाध्यक्ष– सरस्वती (कल्पना) जोशी
सह– कोषाध्यक्ष– शिव प्रसाद अधिकारी
सदस्य– विनोद तिमिल्सेना
सदस्य– भोजराज फँुयाल
सदस्य– निर्मल कुमार लामा
सदस्य– सुमन थापा
सदस्य– सिर्जना खड्की
सदस्य– सानुकान्छा तामाङ
सदस्य– भुवनेश्वरी खतिवडा
सदस्य– श्याम गजुरेल
सदस्य– मनोज थापा
सदस्य– दिपक श्रेष्ठ
सदस्य– लक्ष्मी आचार्य
सदस्य– कोपिला देवकोटा
सदस्य– रवि सापकोटा
सदस्य– सुरज के.सी.
सदस्य– पुर्णलाल मर्हजन
सदस्य– फुलकुमारी अधिकारी
सदस्य– विजय मर्हजन
सदस्य–सरोज मर्हजन
सदस्य– अर्जुन प्रसाद पन्त
सदस्य– सरस्वती काप्mले
सदस्य– रोहित ढुङगाना
सदस्य– दिपेश थापा
सदस्य– उद्धव अर्याल
सदस्य– डम्बर गुरुङ

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here