ऊ शिवपुरीको ११ औ वार्षिक साधारण सभा सम्पन्न !

ऊ शिवपुरीको वचत तथा ऋण सहकारी संस्था लि. को ११ औ वार्षिक साधारण सभा सम्पन्न भव्य रुपले सम्पन्न भएको छ ।
सो ११ औं वार्षिक साधारण सभा पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष रविन्द्र के.सीको सभापतित्वमा सम्पन्न भएको हो ।

वि.स. २०६६ सालमा काठमाडौंको उत्तरी भेग कार्भेस्थलीलाई लक्षित गर्दै स्थापित सो सहकारीको शेयरपूजी २ करोड ६२ लाख १३ हजार ५ सय रहेको छ ।

सो संस्थाले आफ्नो एक दशकको यात्रामा विभिन्न अवरोह र आरोह पार गर्दै सेवाग्राहीहरुलाई बचत सुविधाका साथै विभिन्न रेमिट्यान्स सेवा समेत उपलब्ध गर्दै आएको संस्थाका अध्यक्ष रविन्द्र के.सी.ले बताए ।

अध्यक्ष के.सीका अनुसार संस्थाको उन्नती र प्रगतीका लागि सञ्चालक सदस्यहरुको इमान्दारीता अहोरात्र मिहनत रहेको छ ।

संस्थाले सदस्यहरुको हितका साथै सामाजिक उत्तरदायित्वका कार्य समेत गर्दै आएको सो संस्थाका सचिव निर्मल कुमार लामाले बताए ।
तारकेश्वर–८ शान्तिटोलको तारकेश्वर पार्टी प्यालेसमा सञ्चालित सो साधारण सभामा काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर–१ का वडाध्यक्ष विदुर सापकोटा, तारकेश्वर–४ का वडाध्यक्ष नरेन्द्रदास श्रेष्ठ, तारकेश्वर–६ का वडाध्यक्ष मधु कार्की, तारकेश्वर–७ का वडाध्यक्ष सानुकाजी खत्री, तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापा, कालीदेवी माविका प्रधानाध्यापक कृष्ण प्रसाद ओझा, समाजसेवी विदुर अर्याल, ग्रीन हिल्स एकेडेमीका प्रधानाध्यापक राजेश्वर यादव लगायतका व्यक्तिहरु अतिथीका रुपमा सहभागी भएका थिए ।
ऊ शिवपुरीको ११ औ वार्षिक साधारण सभाले रविन्द्र केसीको नेतत्वमा १२ सदस्यीय सञ्चालक समिति का साथै ३ सदस्यीय लेखा सुपरीवेक्षक समिति चयन गरेको छ । सो सञ्चालक समितिको पदाधिकारी तथा सदस्यमा निम्न व्यक्ति रहेका छन् ।

अध्यक्ष– रविन्द्र के.सी
उपाध्यक्ष– सुमन फुँयाल
सचिव– निर्मल कुमार लामा
कोषाध्यक्ष– वसन्त शर्मा
सदस्य– राजेन्द्र कुमार कार्की
सदस्य– उदेश प्रसाद फुँयाल
सदस्य– कमला प्रधान
सदस्य– इश्वरी फुँयाल
निशा रिमाल लामिछाने

लेखा सुपरीवेक्षक
संयोजक– शम्भुधन रावल
सदस्य– गौतम प्रसाद शर्मा फुँयाल
सदस्य– कुमार चापागाई

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here