तारकेश्वर एनप्याप्सन अन्तर विद्यालय वक्तृत्वकलाको प्रथम उपाधी लियो युरेकाले !

तारकेश्वर नगरपालिका एनप्याव्सनको आयोजनामा सञ्चालित अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
सो प्रतियोगिता आज एक औपचारकि कार्यक्रमका बीच तारकेश्वर नगरपालिकाका शिक्षा अधिकार िहोमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा समपन्न भएको हो ।
सो प्रतियोगिताको प्रथम स्थान यूरेका हाई स्कुलका रिजन भट्टराई, दोस्रो स्थान मेगा पब्लिक स्कुलकी एन्जिला महर्जन, तेस्रो स्थान ज्ञान भुमि मा.वि की कृष्णदा भट्ट र सान्तवना (चौथौ) स्थान पिस ल्यान्ड एकाडेमीकी ईशा अधिकारीले हासिल गरेकी छिन् ।
बाल अधिकार संरक्षणमा विद्यार्थीहरुको भुमिका शीर्षकमा सञ्चालन गरिएको सो प्रतियोगितामा १२ वटा विद्यालयका २४ जना विद्याथीहरुको सहभागीता रहेको थियो ।
तारकेश्वर नेशनल प्याव्सनका अध्यक्ष गोविन्द भट्टका अनुसार नेशनल प्याव्सन तारकेश्वरको वार्षिक क्यालेण्डर अनुसार सो प्रतियोगिता सञ्चालन गरिएको र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि नेशनल प्याव्सन तारकेश्वरले शिक्षाका साथै अन्य सकरात्मक प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
तारकेश्वर–८ शान्तिटोल स्थित मेगा पव्लिक स्कुलमा सञ्चालित सो प्रतियोगितामा नेशनल प्याव्सन प्रदेश नं ३ का सदस्य एवं पिसल्याण्ड एकेडेमीका प्रिन्सिपल वासुदेव भट्ट, नेशनल प्याव्सन तारकेश्वर अन्र्तगत रहेका सदस्य विद्यालयका प्रिन्सिपलहरु युरेका हाईस्कुलका भाईस प्रिन्सिपल सुरेश अधिकारी, मेगा पव्लिक स्कुल प्रिन्सिपल अमृत भण्डारी, अमादव्लम एकेडेमीका प्रिन्सिपल लक्ष्मण ढुङगाना, सनपलावर एकेडेमीका प्रिन्सिपल केशवराज शर्मा लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here