एन्जल्स किड्सको बुकलेट प्रर्दशनीमा, सयौको भिड !

एन्जल्स् हार्ट नेशनल स्कुल (एन्जल किड्स) मा अध्ययनरत बालबालीकाहरुद्धारा तयार पारिएको बुकलेट प्रर्दशन गरिएको छ ।

सो बुकलेट प्रर्दशनी कार्यक्रममा सयौ अभिभावकले अवलोकन गरेका छन् । आज एक औपचारकि कार्यक्रमका बीच सो प्रर्दशनी तारकेश्वर नगरपालीका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख होमनाथ न्यौपानेले रिबन काटेर उदघाटन गर्नुभयो ।


सो प्रर्दशनीमा विद्यालयमा अध्ययनरत बालबालीकाहरुले तयार पारेको विभिन्न विषयगत चित्रकला, साहित्य लेखन, सास्कृतिक सम्पदा, खोजमूलक परियोजना, स्थानीय परिवेश, विज्ञान तथा गणितका आधारभूत ज्ञान तथा सीप समेटिएका बुकलेट राखिएको थियो ।

तारकेश्वर–९ स्थित रहेको एन्जल्स् हार्ट नेशनल स्कुल (एन्जल किड्स) का कक्षा पिजी देखि कक्षा ६ सम्मका विद्याथीहरुले तयार पारेको सो बुकलेटलाई अवलोकन गर्दा वास्तवमै बालबालिकाहरु समाजका चित्र हुन् र बालबालिकाले समाजमा जे देख्छन्, त्यो बोल्छन् भन्ने कुराको पुष्टि भएको छ ।

सो बुकलेट प्रर्दशनी तारकेश्वर नगरपालिकामा पहिलो पटक सञ्चालन भएको र एन्जल्स् हार्ट नेशनल स्कुल (एन्जल किड्स) ले सामान्य तर समाजमा सकरात्मक प्रभाव पर्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल टक बहादुर थापाले बताउनुभयो ।

सो प्रर्दशनीमा तारकेश्वर प्याब्सनका अध्यक्ष तथा एन्जल हार्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुन, अध्यक्ष लिल बहादुर पुन, ललितकला क्याम्पसका उपप्राध्यापक पक बहादुर थापा, एन्जल हार्ट स्कुलका निर्देशक यम बहादुर छन्त्याल, एकेडेमिक डाइरेक्टर रेखा हमाल, र एन्जल हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापा लगायत बिद्यालयका शिक्षक÷शिक्षीका, अविभावकहरु लगायतको उपस्थीति रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here