डेँगु नियन्त्रणमा, जुट्यो तारकेश्वर नगरपालिका !

तारकेश्वर नगरपालिकाले डेँगु रोग विरुद्ध डेनभी (खोज र नष्ट गर) अभियान सञ्चालन गरेको छ । देशैभरि चर्चामा रहेको डेँगु विरुद्ध तारकेश्वर नगरपालिकाको स्वाथ्य शाखा तीव्र रुपले अगाडी बढेको स्वास्थय अधिकृत अरुण कुमार गिरीले बताए ।
आज एक औपचारीक कार्यक्रमका बीच डेँगु रोग विरुद्ध अमभिमुखीकरण कार्यक्रम गरि खोज र नष्ट गर अभियान सुरु भएको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले बताए । लामखुटेको माध्यमबाट सर्ने डेँगु रोगबाट नआई संयमित रहन नगर प्रमुख बोहोराले अनुरोध गर्नुभयो ।
डेँगु नियन्त्रणको लागि तारकेश्वर नगरपालिकाको ११ वटै वडामा विभिन्न सचेतनामूल कार्यक्रमका साथै निशुल्क रगत परीक्षण गर्ने नगर स्वास्थ्य शाखाका अधिकृत अरुण कुमार गिरीले बताए । अधिकृत गिरीका अनुसार तारकेश्वर भरिका १४२ जना स्वास्थ्य स्वयमसेविका, ७४ जना स्वास्थ्यकमी, जनप्रतिनिधी लगायतका व्यक्तिहरुलाई सहभागी गराई डेँगु नियन्त्रणको लागि सक्रिय रुपमा लाग्ने नगरपालिकाको कार्यक्रम रहेको छ । भाईरल ज्वरो बाट सुरु हुने डेँगु रोग प्रारिम्भक तथ्याङक अनुसार विश्वका ९० वटा देश, नेपालको ४२ वटा जिल्लाका १५ जनामा संक्रमण रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here