आजको विश्व बजारमा प्रतिस्प्रर्धा गर्ने खालको शिक्षा दिदै आएका छौ : प्रिन्सिपल भण्डारी

अमृत भण्डारी प्रिन्सिपल, मेगा पब्लिक स्कुल तारकेश्वर–८, शान्तिटोल काठमाडौं

मेगा पब्लिकको स्थापना कहिले भयो ?
मेगा पब्लिक स्कुल सन् २०१२ (२०६९) स्थापना भएको हो । तारकेश्वर नगरपालिका जडा नं ८ शान्तिटोल स्थित रहेको हाम्रो स्कुलमा ईसिए र सिसीए ( ECA & CCA) को धेरै क्रियाकलापहरुले गर्दा विद्यार्थि हरेक क्रियाकलापमा अग्रस्थानमा आउन सफल भएका छन् । हालै सम्पन्न अन्तर विद्यालय लोक नृत्यलाई जोड्दै नगर भित्रका ४६ वटा विद्यालयहरुलाई पछि पार्दै हाम्रो विद्यालय अग्र स्थानमा आउन सफ्mल भएको छ । हाम्रो विद्यालयमा दक्ष शिक्षकहरु अध्यापन गराउदै आएका छन् । विद्यार्थिको पढाइको गुणस्तरमा कुनै कमि कुनै खोट लगाउने ठाउँ र्छैन् भन्दा नपर्ला ।


तारकेश्वर नगरक्षेत्रमा रहेका अन्य विद्यालय र मेगा पब्लिकबीचको भिन्नता के छ ?
व्यबस्थापन समिति, स्थानिय सल्लाहकार र बुद्धिजिबीहरुको समन्वयमा राष्ट्रिय स्तरको जानकारी समेट्दै सिकाई र पठनपाठनलाई अगि बढाई रहेका छौ ।

नगर स्तरिय कुनै प्रतियोगिता हुन लागेमा विद्यालयले आन्तरिक गृहकार्य गराई विद्यार्थीरुलाई अबल र क्षमतावान बनाएका छौ ।

हरेक क्षेत्रमा विद्यार्थिहरुको स्तर उन्नतिको लागि अहोरात्र खटिदै आएका छौ । हामीले स्थानीय स्तरको आवश्यकता माग र आवश्यकतालाई ध्यान दिर्दै आजको विश्व बजारमा प्रतिस्प्रर्धा गर्ने खालको शिक्षालाई विशेष रुपले जोड दिदै आएका छौ ।

यो नै मेगा पब्लिक र तारकेश्वरका अन्य विद्यालय बीचको भिन्नता हो ।

मेगा पब्लिकले सामाजिक उत्तर दाहित्व कतिको निर्वाह गरि रहेको छ ?
समाजमा हुने चाडपर्वहरुमा अभिभावक, स्थानिय व्यक्तित्व र बालबालिकाहरुलाई मनोरञ्जनात्म क्रियाकलापहरु गराउने गरेका छौ ।

वार्षिक रुपमा स्वास्थ्य शिविरको आयोजना गरी विद्यार्थि, अभिभावकका साथै अन्य स्थानियहरुलाई पनि सेवा दिदै आएका छौ ।
चर्चामा आएको डेंगु रोगबाट बच्ने उपायको जानकारीको लागि विद्यार्थिहरुलाई पचिालन गरि विद्यालय वरपरका विभिनन हाटेल पसलका साथै अभिभावकहरुलाई चेतनानमूलक सूचना ाप्रवाह गरेका छौ । यसका साथै विभिन्न सरकारी तथा गैह सरकारी संस्थाले सञ्चालन गरेका सामाजिक कार्यमा सहभागीता जनाउदै आएका छौ ।


अन्यमा के भन्नु हुन्छ ?
तारकेश्वरमा हामि प्रतिबद्ध र कटिबद्ध भई मेगा पब्लिक स्कुललाई कसरी नमुना विद्यालय बनाउन सकिन्छ भनेर अहोरात्र खटिएका छौ ।

एक्लै केहि गर्न नसकिने भएकोले मिडिया कर्मी र सामाजिक व्यक्तित्वहरुसंग हातेमालो गर्दैै अगि बढिरहेको र आगामी दिनहरुमा पनि सहकार्य गर्दै अघि बढिरहेका छौ ।

हामीले आजको समाज र विश्व बजारमा प्रतिस्प्रर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न आवश्यक छ । यसैले समाजमा रहेका हरेक क्षेत्रका मानिसहरुसँग आवश्यकता अनुसार सहकार्य गर्दै अघि बढिरहेका छौ ।

हाम्रा समस्त अभिभावक, शुभचिन्तक लगायतका समग्र तारकेश्वर बासीहरुलाई तारकेश्वर–८ शान्तिटोलमा रहेको मेगा पब्लिक स्कुलले विद्यार्थीहरुलाई संस्कारीक, व्यवहारीक शिक्षा दिदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here