तारकेश्वरको आधारभूत तहमा टप्यो युरेकाले !

शैक्षिक सत्र २०७५ को आधारभूत शिक्षा परीक्षामा संस्थागत विद्यालय तर्फ उत्कृष्ठ नतिजा युरेका हाई स्कुलले हासिल गरेको छ ।

४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा तारकेशवर नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा युरेका हाई स्कुललाई संस्थागत विद्यालय तर्फ उत्कृष्ठ नतिजा हासिल गरेकोमा ताम्रापत्रले सम्मान गरिएको हो ।

शैक्षिक सत्र २०७५ को आधारभूत शिक्षा परीक्षामा युरेका हाई स्कुल तारकेश्वर–११, नेपालटारबाट ३३ जना विद्यार्थीहरु सहभागी भई समग्रमा ३.३३ जीपीए सो विद्यालयले हासिल गरेको छ । तारकेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जम्मा ३० जना विद्यार्थीलाई आधार मानी सो जिपिए निकालेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here