तारकेश्वरको नगर शिक्षाले गर्यो, शिक्षा दिवसको अबसरमा सम्मान कार्यक्रम !

तारकेश्वर नगरपालिकाले ४० औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर–१० को एन्जल्स हार्ट मा.विको प्राङ्गणमा सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा तारकेशवर नगरपालिका अन्र्तगत रहेका समपूर्ण विद्यालयका एक÷एक जना असल शिक्षकहरुलाई सम्मान समेत गरेको छ । जसमा २० जना सामूदायिक विद्यालयका शिक्षक÷शिक्षिका, ४१ जना संस्थागत विद्यालयका शिक्षक÷शिक्षिका रहेका छन् ।

यस्तै गरि शैक्षिक सत्र २०७५ को एसईईमा उत्कृष्ठ ४ जिपिए श्रेणी हासिल गर्ने लालीगुराँस नेशनल एकेडेमीका २ जना विद्यार्थी र एन्जल्सहाार्ट मा.विका २ जना विद्यार्थी गरि ४ जनालाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०७५ को नगरस्तरीय परीक्षामा सामुदायिकको तर्फ (छात्रा र छात्र दुवै) पृथ्वी नारायण मा.विका ४ जना उत्कृष्ठ विद्यार्थी र संस्थागत तर्फ कौशल ईङिलस बोडिङ स्कुलका छात्र अनिश जमरकट्टेल र लाली गुराँस नेशनल एकेडेमीका छात्रा मोनीका काप्रीलाई सम्मान गरिएको छ ।
यस्तै गरि शैक्षिक सत्र २०७५ आधारभूत शिक्षा परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने संस्थागत तर्फ युरेका हाई स्कुल र सामूदायिक तर्फ पृथ्वी नारायण मा.विलाई सम्मान गरिएको हो । शैक्षिक सत्र २०७५ को एसईईमा उत्कृष्ठ ४ जिपीए हासिल गर्ने तारकेश्वर–१० का लाली गुराँस नेशलन एकेडेमी र एन्जल्स हार्ट मा.विलाई सम्मान गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here