तारकेश्वर प्याव्सनको नगरस्तरीय हाजिरीजवाफमा कौशल स्कुल प्रथम

प्याव्सन तारकेश्वर नगर समितिद्धारा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा कौशल बोडिङ स्कुल प्रथम भएको छ ।

२१ वटा विद्यालय सहभागी सो प्रतियोगितामा सिद्धार्थ मोडल स्कुलले द्धितृय स्थान, सिर्जना ज्ञान साथ माविले तृतीय स्थान, चिल्डे«न हेराल्ड एकेडेमीले चौथो स्थान र हिमरश्मी हाई स्कुलले पाचौ स्थान हासिल गरेको प्याव्सन तारकेश्वर नगर समितिका अध्यक्ष धन बहादुर पुनले बताए ।

सेक्रेड हार्ट मा.वि तारकेश्वर–४ मा सञ्चालित सो प्रतियोगतिा तारकेश्वर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here