काश्मीरमा दुई आतङ्ककारी मारिए

83

श्रीनगर– भारत प्रशासित काश्मीरमा बिहीबार सुरक्षाबल र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दूई आतङ्ककारी मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

भारतीय सरकारी सुरक्षा बल र आतङ्ककारीबीच भएको दोहोरो भिडन्तमा परी ती आतङ्ककारी मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कुलगाम पुल्वामा जिल्लाको गोपालपोरा गाउँ इलाकामा आतङ्ककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा ती आतङ्ककारी मारिएका प्राप्त समाचारमा जनाइएको छ ।

 

भारत प्रशासित काश्मीरमा रहेको श्रीनगर सहरबाट ७८ किलोमिटर दक्षिणमा पर्ने यस इलाकामा बिहीबार बिहान सो घटना भएको थियो । एजेन्सी