लालीगुरास नेशनल एकेडेमीले मनायो, तीज विशेष सास्कृतिक कार्यक्रम !

लालीगुरास नेशनल एकेडेमीले तीज विशेष सास्कृतिक कार्यक्रम भव्य रुपले मनाएको छ । तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भव्य रुपमा मनाईएको हो ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षीकाहरुले तीज विशेष गीतमा नृत्य गरि उपस्थित सम्पूर्णलाई भरपूर मनोरञ्जन दिएका थिए । सो तीज विशेष सास्कृतिक कार्यक्रममा तारकेश्व र–१० का वडाध्यक्ष अमृत थापा, वडासदस्य मथुरा विष्ट, तारकेश्वर–१० अन्र्तगत रहेका सम्पूर्ण महिला समूहका प्रमुख एवं प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा आफनो भनाई राख्दै तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले गुणस्तरीय शिक्षाका साथै अनय अतिरिक्त क्रियाकलापमा समेत लालीगुरास नेशनल एकेडेमी अव्वल रहेको बताउनुभयो । उपमेयर डोटेल धितालले भन्नुभयो, लालीगुरास नेशनल एकेडेमीका भाईबहिनीहरुको सास्कृतिक झलक हेर्दा बसिरहुँ, भुलीरहू जस्तो लाग्ने खालको छ । उनले थप्दै भन्नुभयो, आफू कुनैपनि कार्यक्रममा बढिमा १ घण्टा बस्ने गरेको तर तारकेश्वर–१० को लालीगुरास नेशनल एकेडेमीका भाई बहिनीहरुको अव्वल सास्कृतिक झलकले २ घण्टा सम्म सो कार्यक्रममा बसेको बताउँनुभयो ।

तारकेश्वर–१० को लालीगुरास नेशनल एकेडेमी नगरपालिका भरिमै शैक्षिकका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत अव्वल रहदै आएको विद्यालयका प्रिन्सिपल गोपाल बुढाथोकीले बताए । विद्यालयको हरेक उन्नती र प्रगतीको तारकेश्वर–१० का स्थानीयहरुको अहम भूमिका रहेको प्रिन्सिपल बुढाथोकीले बताए ।

खतरा डान्स लाली गुरास एकेडेमी तारकेश्वर–१०

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here