तारकेश्वरमा हुदैछ नगर स्तरिय सांस्कृतिक कार्यक्रम

तारकेश्वर नगरपालिकामा नगर स्थरिय सांस्कृतिक कार्यक्रम हुने भयको छ । तारकेश्वर नगरपालिका नगर शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा सो कार्यक्रम संचालन हुन लागेको हो । सो कार्यक्रम भाद्र १३ गते नर्थ भ्यालि ईग्लिस बोर्डिङ्ग.स्कुलमा संचालन हुन लागेको हो । विद्यार्थिहरुको कलालाइ बढावा दिने हेतुले सो कार्यक्रम संचालन गर्न लागेको तारकेश्वर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताय । उक्त कार्यक्रममा समुदाहिक र संस्थागत विद्यालयहरु समाबेश हुने कुरा तारकेश्वर नगरपालिका नगर शिक्षा शाखा अधिकृत पदम बहादुर खत्रिले बताए । सो कार्यक्रम विहाना १० बजेबाट सुरु हुने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।
सो प्रतियोगितामा पुरस्कारको पनि व्यबस्था गरिएको छ । जसमा प्रथम पुरस्कार रु ७०००, दोस्रो पुरस्कार रु ६०००, तृतीय पुरस्कार रु ४००० र सान्त्वना पुरस्कार रु ३००० साथै ट्रफ्र्mी र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । सो कार्यक्रममा विद्यार्थिहरु थुप्रै नियममा रही आफ्नो कला प्रस्तुत गर्न पर्ने छ अन्यथा विद्यार्थिले कार्यक्रमा भाग लिन पाउने छैन्न ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here