राजधानीमा कांग्रेसका नेता शाहीसँग हुम्ली विद्यार्थी !

नेपाली कांग्रेसका केन्दिय्र सदस्य एवं कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीसँग नेविसंघ हुम्लाका विद्याथीहरुले अन्तरक्रिया गरेका छन् ।

आज एक कार्यक्रमकाबीच त्रिचन्द्र क्याम्पसको सभाहलमा सो अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको हो ।

नेता शाहीसँग काठमाडौंमा अध्ययनरत विद्याथीहरुले विकास निर्माण, समसामयिक राजनीति, नेपाली कांग्रेस पार्टीको विगत, वर्तमान र भविष्य, हुम्लाका साथै समग्र कणाली प्रदेशको विकास प्रक्रियाको बारेमा अन्तरक्रिया भएको छ ।

अधिकांश विद्यिाथीहरुले नेता शाहीसँग हुम्लामा कांग्रेसको अवस्था, विकास निर्माणको अवस्थाको बारेमा जिज्ञासा राखेका छन् ।
नेता शाहीले अन्तरक्रिया कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै भने, सबैभनदा पहिले सकरात्मक सोचको विकास हुन आवश्यक छ, हामीसबैमा नराम्रा कुरा मात्र कोट्याउँने र राम्रा गरेका राम्रा कामलाई ओझेलमा पार्ने परिपाटीले हामी आफै अन्धकारमा धकेलिदैछौ ।

हुम्लाको सडक निर्माण, खानेपानी, स्वास्थ्य, कृषि, सिचाई सञ्चार र पर्यटन प्रर्वद्धनको लागि आफुले धेरै राम्रा काम गर्दा पनि ओझेलमा परेको नेता शाहीले गुनासो समेत गरे ।

चुनाव जितेपछि नेता फर्कदैनन् भन्ने हुम्ली जनताको गुनासो छ भन्ने जिज्ञासाको सम्बोधन गर्दै नेता शाहीले भने, चुनाव जितेर व्यस्तताले गर्दा म प्रत्येक गाउँमा पुग्न सकिन तर मैले चुनावको बेलामा गरेका बाचा त पूरा गरेको छु नि !

नेपाल विद्याथीसँघ हुम्लाको पहलमा सो अन्तर क्रियाक्रिया कार्यक्रम सञ्चालन भएको र सो कार्यक्रममा नेपाली कांग्रेस हसमलाका सचिव मानदेव शाही, नेविसंघ हुमलाका अध्यक्ष धर्मराज जोशी, नेपाली काग्रेस हुम्लाका युवा नेता बखत बहादुर शाही, अर्जुन महतारा, धनराज शाही लगायतका नेपाल विद्याथी संघमा आस्था राख्ने काठमाडौंमा अध्ययनरत विद्याथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here