सुनिल ग्रोवरलाई कपिलले पठाए यस्तो सन्देश

सुनिल ग्रोवरको आज परेको जन्मदिनमा कपिल शर्माले सुनिललाई जन्मदिनको शुभकामना सन्देश पठाएका हुन् । उनले ट्विटरमा लेखेका छन्–”जन्मदिनको धेरै धेरै शुभकामना सुनिल ग्रोवर । संंसारमा जति पनि खुशीहरु छन् भगवानले सबै तिमीलाई देऊन् शुभकामना । धेरै धेरै माया सधैँ।”

 

कपिलले सुनिललाई मेन्सन गरेर यस्तो स्टाट्स लेखे पनि सुनिलले त्यसको रिप्लाई दिएका छैनन् । कपिलसँगै सुमोना चक्रवती र किकु शारदाले पनि सुनिललाई शुभकामना दिएका छन् ।

कपिलसँगको विवाद पछि सुनिलले कपिलको शो छाडेर हिडेका थिए । उनीसँगै शो छाडेर हिडेका चन्दन प्रभावकर शोमा फर्किसकेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here