जीतपुरफेदी बहुमुखी क्याम्पसमा तारकेश्वकै पहिलो क्यापस सभा गठन !

तारकेश्वर–३ को जीतपुरफेदी बहुमुखी क्याम्पसमा क्यापस सभा गठन भएको छ । आज एक औपचारकि कार्यक्रमका बीच सो सभा गठन भएको हो । काठमाडौं क्षेत्र नं ७ प्रदेश २ का सांसद प्रकाश क्षेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो क्याम्पस सभागठन कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल, तारकेश्वर–३ कबबाच वडाध्यक्ष मनोहरी तिवारी, प्राडा. केशवराज श्रेष्ठ, शिक्षासेवी धनलाल मर्हजन, प्राध्यापक घनश्याम पूडासैनी नेपाल राष्ट्रिय ब. क्याम्पसका प्रमुख राजिव धिताल लगायतका विशिष्ट व्यक्तिहरुको रोहवरमा सो क्याम्पस सभा ठगन भएको हो ।
नव गठित सो क्याम्पस सभाको अध्यक्षमा रामभक्त सिग्देललाई अध्यक्षमा मनोनय गरिएको छ । पछिल्लो समय त्रिभुवन विश्व विद्यालयले आफू मातहतका क्याम्पसहरुमा क्याम्पस सभा गठन गर्ने व्यवस्था ल्याएको छ । सो सभामा सम्बन्धित स्थानीय वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ । क्याम्पस सभा गठन कार्यक्रममा अध्यक्षको मनोनय गर्ने र पदेन सदस्य बाहेक अन्य सदस्यहरु सो अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here