दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आज सेमिफाईनल चरण सम्पन्न

दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आज सेमिफाईनल चरण सम्पन्न भएको छ । अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स) को आयोजनामा सञ्चालित सो प्रतियोगिता नर्थप्वाईन्ट एकेडेमी तारकेश्वर–१० को संयोजनमा सञ्चालन हुदै आएको छ । सो प्रतियोगिताको सेमिफाईनल चरणमा गिनिज पव्लिक स्कुल, ज्ञान्मिदर मा.वि, प्रगती बोडिङ स्कुल र सामाखुसी ई. बोडिङ स्कुलले प्रवेश गरेका छन् । सो प्रतियोगताको फाईनल खेल १९ गते आईतबार सञ्चालन हुने नर्थ प्वाईन्ट एकेडेमीका अध्यक्ष दिवाकर पौडेलले बताए । सो प्रतियोगितामा अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स) का १८ वडा सदस्य विद्यालयहरु सहभागी भएका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here