तारकेश्वरको मनमैजु मा.विमा चार कोठे भवन थपियो ।

तारकेश्वर–९ को मनमैजु मा.विमा चार कोठे भवन थपिएको छ । जिल्ला समन्वय ईकाईको आर्थिक सहयोगमा र ४–७–२ क्षेत्रफलमा सो भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनकमान मर्हजनले बताए । आज एक औपचारीका कार्यक्रमका वीच सो नवर्निमित चारकोठे भवन तारकेशवर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले समुद्घाटन गरेका हुन् । सो समुद्घाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ न्यौपाने, समाजसेवी लब कुमार बस्नेत लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here