तारकेश्वर नगर प्याव्सनको कार्यालय उदघाटन

तारकेश्वर नगर प्याव्सनको कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच सो कार्यालय उदघाटन भएको हो । प्यावसन केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया, प्याव्सन प्रदेश नं ३ का अध्यक्ष थकिन कुमार गुरुङ, प्याव्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र तारकेश्वर प्याव्सनका अध्यक्ष धन बहादुर पुनले संयूक्त रुपमा सो कार्यालयको उद्घाटन गरेका हुन ।
सो कार्यालय तारकेश्वर–८ पेटोल पम्पमा रहेको छ । उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले नीजि तथा आवासीय विद्यालयहरुको संस्थागत हितको लागि प्याव्सनले काम गर्दै आएको र आगामी दिनको समेत सो कार्यले निरन्तरता पाउने बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here