माैलिकपन बाेकेकाे सालै जाे गीत सार्बजनिक

गोपी अधिकारी / पछिल्लाे समयमा नेपाली लाेक संगीतमा माैलिकपन खस्किदै गर्दा गायक तथा सर्जक पूर्ण बुढामगर र गायिका सम्झना गुरुङ्गले अत्यन्तै नेपाली संस्कृतीकाे माैलिकता झल्कने  सालै जाे गीत ढाेरपाटन तल… सार्बजनिक गरेकाछन् । उक्त गीतमा बाग्लुङ र पूर्बी रुकम अनि बादलपारीकाे बस्ती ढाेरपाटन आसपासका माैलिक संस्कृतीलाई समाबेस गरिएकाे छ साथै भिडियाेमा रमणिय दृष्य पनि देख्न सकिन्छ। यस गीतलाई सर्जक तथा गायक पूर्ण बुढामगरले शब्द/संगीत गरेका छन र स्वर:- पूर्णबुढामगर र सम्झना गुरुङ्गकाे रहेकाे छ । संगीत संयाेजन सन्ताेष सुनाम र मिक्सिङ गाेबीन्द वलीको अनि रेकर्डिङ लेकाली रेकर्डिङ स्टुडियाेले गरेकाे हाे । अभिनय तर्फ खबपु सन्चल पुन र निशा गुरुङ्गले श-शक्त भूमिका निर्भाह गरेका छन् भने क्यामरामा कृष्ण जि. एम. र ड्राेन अनिस जि. एम. ले उडाएका छन । निर्देशन खबपु चन्चल पुनकाे छ भने भिडियाे सम्पादन भने पिटर गुरुङ्गले गरेका छन्। लेकाली रेकर्डिङ स्टुडियाेकाे प्रस्तुतीमा गायककाे आफ्नै आधिकारीक YouTube च्यानल Purna Budha Magar मा हेर्न सकिन्छ।

भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here