गाडीले ठक्कर दिई घाईते २ जनाको उपचारको क्रममा मृत्यु !

तारकेश्वर–९ ग्याडोलमा गाडीले ठक्कर दिदाँ घाईते २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । आज बेलुृका करीव ४ बज तारकेश्वर–७ फुटुङबाट नेपालटार तीर जादै गरेको बा १० च ८१६९ नम्बरको गाडीको वे्रक फेल हुदाँ पसल अगाडी उभिरहेका २ जना गम्भीर घाईत भएका थिए ।

रामेछाप जिल्लाको अन्दाजी साढे २ बर्षको केटी मान्छे र सिन्धुली लिल्लाको २२ वर्षकी युवती गम्भीर घाईते भई टिचिङ अस्पतालमा उपचार क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक कृष्ण गिरीले तारकेश्वर आवाजलाई बताए ।
घाईतेको मृत्यु पश्चात महानगरीय प्हरी वृत्त बालाजुमा गाडी धनी र पिडित बीच वातालाप भई सहमती हुन नसकेको र भोली बिहान पुन छलफल हुने प्रहरी निरीक्षक गिरीले बताए । गाडीका चालक महानगरीय प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गिरीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here